वैकल्पीक बिधीवाट पठन–पाठन गर्ने तयारीमा परशुराम नगरपालिका

ललिता साउँद ,जोगवुडा

डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकाले बैकल्पीक बिधीवाट पठनद पाठनको तयारी गरेको छ ।
कोविड १९ कोरोना भाईरको संक्रमण सन्त्रासका कारण २०७६ चैत्र देखी भएको देशव्यापी लकडाउन अर्थात बन्दाबन्दीले बिद्यार्थीको पढाईमा वाधा पुगेकाले छिट्टै बिद्यालय खोली बैकल्पीक उपाय अपनाई पठन–पाठन सुरु गरीने परशुराम नगरपालिकाका शिक्षासाखा प्रमुख केहर सिंह बडैलाले जानकारी दिए ।
बिद्यार्थीमा ६ महिना सम्मको वन्दाबन्दीले कितावी ज्ञानमा सुन्यता रहेको जानकारहरुको बुझाई लाई मध्यनजर गरी बैलकप्लपीम वाटो खोजीएको वडैलाले बताए ।
अभिवाकहरुको सुझाव, बिद्यार्थीहरुको मार्का, लाई अध्ययन गरी छिट्टै बिद्यालय खोली बैकल्पीक माध्यमवाट पठन–पाठन सुरु गरीने परशुराम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तारानाथ पनेरुले जानकारी दिए ।
कोरोना कहर कहिले सम्म रहन्छ, थाहा छैन, बिद्यार्थीहको त्रैमासिक परिक्षा पनि त्यत्तिकै भयो , अझै बिद्यालय नखोल्ने हो भने परशुराम नगरपालिकाको शैक्षिक स्तर घट्ने सम्भावना  छ ।सोही समस्यालाई अध्ययन गरी बिद्यालय संचालन गर्नका लागि प्रधानाध्यापहरु संग सुझाव संकलन गरीएको परशुराम नगरपालिकाका नगर–प्रमुख भिम बहादुर साउँदले जानकारी दिए ।
सबै शिक्षक , प्रअ, अभिवाबकहरुको सुझावलाई आत्मसाथ गर्दै स्वास्थ्य सर्तकताका मापदण्ड अपनाई , सामाजिक र भौतिकदुरी कायम गरी पठन–पाठन सुरु गरीने साउँदले बताए ।
पहिलो चरणमा आईसोलेसन र कोरेन्टीन स्थापना गरीएका बिद्यालयहरु सेनीटाईज गर्ने कार्य सकिएको छ ।  भर्ना अभिायन पनि भई सक्यो । रेडियो पाठशाला पनि स्थानीय एफ.एम.रेडियोवाट दुई चरणमा संचालनमा भई सक्यो फेरी पनि जोखीम आएमा उपाय खोजीने छ ।.

तर तत्काल लाई बिद्यालय खोली बैकल्पीक बिधीवाट पठन–पाठन सुरु गरीने नगर–प्रमुख साउँदले बताए ।
नगरका बिद्यालय र सबै शिक्षकहरुको साथ सहयोगले कोरोना संक्रमण न्यूनीकरणमा टेवा पुगेकोमा हाल पनि ३ वटा विद्यालय क्वारेन्टी र एउटा बिद्यालयमा आईसोलेसन रहेकोले ति बिद्यालयहरु पनि १/२ दिन भित्रै खाली हुने नगर–प्रमुख साउँदले जानकारी दिए ।
शिद्वनाथम माद्यमिक बिद्यालय जयपुर जोगवुडाका प्रधनाध्यापक पदमराज जोशीको सभापतित्व तथा परशुराम नगरपालिकाका नगर–प्रमुख भिम बहादुर साँउदको प्रमुख आतिथ्यतामा मंगलवार बैठक बसी बैकल्पीक बिधीवाट पठन–पाठन सुरु गर्ने निर्णय गरीएको शिक्षासाखा प्रमुख केहर सिहं बडैलाले जानकारी दिए ।
बैकल्पीक बिधीवाट पठन–पाठनका लागि असोज ८ गते नगरकार्यपालिकाको बैठकवाट निर्णय हुने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको समग्र शैक्षिक सुधार गर्न र शिक्षाका आवश्यक सुचाङक पुरागर्न समेत बिद्यालय खोल्न जरुरी रहेको उनले बताए ।
नगरपालिकामा ६३ वटा सामुदायिक बिद्यालयहरु रहेका छन, भने ११ वटा संस्थागत बिद्यालयहरु रहेका छन ।

bb

Leave A Reply

Your email address will not be published.