संविधान दिवसको अवसरमा परशुराम नगरपालिकाद्वारा सरसफाई

ललिता साउँद (गुराँस)

फोटो सहयोगी / रुपा

छैटौं सविधान दिवसको अवसरमा डडेल्धुराको परशुराम नगरपालिकाले जोगबुडा वजार र मन्दीर परिसरमा सरसफाई गरेको छ ।
सरकारको सविधान दिवस मनाउने निर्णय अनुसार शनिवार नगरपालिका र बजार क्षेत्र, वडाकार्यालय तथा सरकारी गैर सरकारी कार्यालयहरुमा दिपप्रज्वल गरीएको छ ।


दिवसकै अवसरमा आईतवार विहानै नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तारानाथ पनेरुको अगुवाईमा उद्योग वाणिज्य संघ जोगबुढा, जोगबुढाका उद्योगी व्यापारी, शिद्वनाथ क्षेत्र विकास समितीका अध्यक्ष तथा पदाधीकारी , सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा पदाधीकारी, राजनैतिककर्मी, समाजसेबी बुद्विजिबी, शिक्षाप्रेमी, ३ वटै सुरक्षा निकायमा सुरक्षाकर्मी, स्वास्थयकर्मीहरुको सहभागितामा परशुराम १२ स्थित बषपार्क देखी जोगबुढा बजार, शिद्वनाथमन्दिर परिसर, द्वारीकाचोक, नगरपालिकाको नयाँ भवन सम्म र्पुण सरसफाई गरीएको ननगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तारानाथ पनेरुले बताए ।
कोविड–१९ को संक्रमण र सन्त्रास बढ्दै जानुले स्वास्थ्य सरसफाईमा कमी मुख्य कारण भएकाले जनतालाई चेतना दिने र सरकारको निर्णय अनुसार संविधान दिवस २०७७ लाई मनाउने उदेश्यका साथ सरसफाई गरीएको उद्योग वाणिज्य संघ जोगबुढाका अध्यक्ष जनक बहादुर बोहराले बताए ।


सरसफाई पनि हरेक रोगवाट बच्ने मुख्य उपाय भएकाले सरसफाई र खानपीनमा ध्यान दिनु पर्ने परशुराम नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तेज बहादुर सिहले बताए ।
नगरपालिकाको उक्त कार्य सारै साकारात्मक समसामयिक परिस्थीतीमा उदारहणिय रहेको नेपाली काग्रेस डडेल्धुराका पुर्ब जिल्ला उप–सभापति कैलाश कुमार पाण्डयेले बताए ।
हामी धर्ममा बिश्वास गर्ने हिन्दुवादी नगरवासी भएकाले धार्मीक आस्थाका कारण कोरोना संक्रमण हाम्रो क्षेत्रमा न रहेको र त्यसकारण धर्म प्रति अझै जनताको आस्था जागाउन जरुरी रहेको र धार्मीक क्षेत्रमा सरसफाई, संरक्षण , सम्वर्धन, प्रचार–प्रसार गर्नु पनि आजको आवश्यकता रहेको शिद्वनाथ क्षेत्र बिकास समितीका परशुराम १२ का अध्यक्ष सामाजिक अगुवा रेडियो परशुराम एफ.एम.९१.२ मघाहर्ज जोगबुढाका संयोजक एबम् रेडक्रष जोगबुढाका सभापति दल बहादुर साउँदले बताए ।
उक्त कार्यमा सरसफाई अभियान्ता गोकर्ण, मल्ल, सामाजिक युवा अभिायान्ता भरत बडायर जोशीको समेत सहभागिता रहेको थियो ।

अशिग्राम मा.बि.रुपालको शिक्षक अभिवाक संघमा विष्णु ठकुराठी चयन
डडेल्धुरा जिल्लाको सबै भन्दा पुरानो सामुदायिक विद्यालय श्री अशिग्राम माद्यमिक बिद्यालय भागेश्वर गाउँपालिका २ रुपालको शिक्षक अभिवाक संघ गठन भएको छ ।
ससंघको अध्यक्षमा वडा.न १ रुपाल (वलडा) बस्ने सामाजिक अगुवा विष्णु बहादुर ठकुराठी चयन हुनु भएको बिद्यालयले जनाएइको छ ।
कोरोना कहरको संक्रमण वाट वच्न स्वास्थ्य सर्तकता अपनाई भौतिक र सामाजिक दुरी कायम गरी असोज ३ गते संविधान दिवसकै समिती गठन गरीएको बिद्यालयका शिक्षक लालसिंश साउँदले जानकारी दिए ,
बिद्यालय सेवा क्षेत्र भित्रका समाजसेबी, बुद्विजीवी र शिक्षाप्रेमीहरुको आम भेलाले ठकुराठीलाई अध्यक्षमा चयन गरेको बिद्यालयका प्रधानाध्यापक तारी सिहं जोराले वताए ।
सामाजिक सेवामा अग्रसर रहने सोही बिद्यालयका पुर्व छात्र तथा पुर्व बिद्यालय व्यवस्थापन समिती अध्यक्ष ठकुराठीलाई शि.अ.संघमा चयन गरीएको बिद्यालयका प्रधानाध्यापक तारी सिंह जोराले जानकारी दिए ।
अन्य सदस्यहरुमा सोही विद्यालयका शिक्षक प्रतिनीधी पुर्व प्रधाध्यापक भिम दत्त भट्ट, स्थानीय अगुवा महिला लक्ष्मी विष्ट, समाजसेबीहरु यादव सिहं जोरा, तुलसी तिरुवा, वसन्ती गीरी, सिवी टमटा र पदेन सदस्य बि.व्य.स.अध्यक्ष किरन जैशी र सदस्य सचिव बिद्यालयका प्रअ तारी सिहं जोरा गाउँपालिका शिक्षा साखा, शिक्षा समन्वय ईकाई डडेल्धुराको निर्देशीका र कार्यविधी लाई टेकेर समिती गठन गरीएको शिक्षक लाल सिंह साउँदले गाँघरन्यूज लाई जानकारी दिए ।

bb

Leave A Reply

Your email address will not be published.