वागको अस्थायी छाप्रोे भत्काइयो

पदम जोरा , जोगबुढा

परशुरामधाम सव डिभिजन वन कार्यालय जोगबुडाले परशुराम नगरपालिका र आलिताल गाउँपालिकाको सिमा सिस्ने खोलाको नदी किनारमा निर्माण गरीएको अस्थायी छाप्रोे र सौचालय भत्काएको छ ।
सामुदायिक वन अतिक्रमण गरेको भन्दै कार्यालयले अस्थायी छाप्रो र ट्वाईलेट भत्काएको परशुरामधाम सव डिभिजन वन कार्यालय जोगबुडाका प्रमुख दिपेन्द्र केसीले जानकारी दिए ।
उक्त छाप्रो अपाङ्गता भएका ४५ बर्षिय जय बहादुर बागले निर्माण गरेका हुन ।
गासँ र वासको समस्या झेली रहेको अवस्थामा सरकारलाई पटक पटक धाउदा केही उपाय नलागे पछि खोला किनारमा अस्थायी टहरा निर्माण गरेको अपाङगता भएका वागले वताए ।
र्पुख्यौली थलो बुङ्गल नगरपालिका २ बझाङ घर भई वेसाहारा जिवन विताई रहेका वाग बर्षाै देखी ८५ बर्षिय बृद्व आमाको साहारामा जिवन विताई रहेका छन ।
९ बर्ष पहिला भिरवाट लडेर वाग र्पुण रुपमा आपाङगता भएका हुन ।
सामुदायिक वन र परशुरामधाम सव डिभीजन वन कार्यालयले कच्ची सौचालय र अस्थायी छानो भत्काइए दिएको वागले दुखेसो गरेका छन ।
रंगुन नदी किनार , संगै भित्रीमधेष क्षेत्रका अधिकान्स सामुदायिक वन अतिक्रमण भई रहेको वन कार्यालय देखेन तर मेरो अस्थायी छाप्रो भत्कायो उनले दुखेसो गरे , ।
अव का जाने । सरकार सुन्दैन , आफ्नो साहारा कोही छैन ऊनको चनाई छ , ।
पटक–पटक वडा कार्यालय , परशुराम नगरपालिकालाई सहयोगका लागि गुहारे । कहिले छैन, कहिले सौचौला भनेर टार्ने काम मात्र भयो उनले भने ।
टाठा वाठाले खाने देसमा हामी जस्ता दिन दःुखी गरीवको साहारा कोही नभएको उनले सुनाए ।
शिंह दरवार गाँउगाउमा आयो तर हामी गरीवका लागि सडकको वास भएको भयो ।
रुखकटान, छेकान, वन अतिक्रमण भई रहेको ठाउँमा कार्यालयको नजर पु्गेर बेसाराको उठीवास लायो भन्दै बाग गुहार मागी रहेका छन ।

bb

Leave A Reply

Your email address will not be published.