ईलाका प्रहरी कार्यालय जोगबुडा द्वारा घरेलु मदिरा नष्ट

पदम जोरा,जोगबुढा

ईलाका प्रहरी कार्यालय जोगबुडाले परशुराम नगरपालिका १२ जोगबुडा वाट अबैद रुपमा बिक्रि वितरण र उत्पादन गर्ने गरेको घरेलु मदिरा वरामद गरी नष्ट गरेको छ ।
वडा.न. १२ का वडा अध्यक्ष गणेश प्रशाद जोशी, पत्रकार , उद्योग वाणिज्य संघ जोगबुढाको रहोवरमा ३० घरेलु मदिरा र मदिरा तयार पार्ने ६ थान भाडा र २५० लिटर कच्चापदार्थ (पाक) वरामद गरी नष्ट गरीएको ईलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरिक्षक जनक बहादुर मल्लले जानकारी दिए ।


ईलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी नायव निरिक्षक खेम बहादुर साउँदको नेतृत्वमा खटिएको प्रहरी टोलीले परशुराम नगरपालिका वडा.न १२ जोगबुडा बजार नजीक वाट घरेलु मदिरा वरामद गरेको हो ।
परशुराम नगरपालिकामा मदिरा नियन्त्रण समिती रहेको भए पनि समीती निष्कृय रहेको स्थानीयले गुनासो गरी रहेका छन ।
सरोकारवालाहरु संग पटक–पटक धाउदा समेत मदिरा नियन्त्रणको बिषयमा कोही कसै वाट पनि नियन्त्रणका प्रयास न थालिएको परशुराम नगरपालिका वडा.न ५ का अगुवा महिला कलावती भट्टराईले बताईन ।
परशुराम नगरपालिका, ईलाका प्रहरी कार्यालय र ईलाका प्रशासन कार्यालयले कडाईका साथ मदिरा सेवन, बिक्रिवितरण, ओसार पसार,लाई व्यस्थीत गर्नु पर्ने परशुराम ६ कुडाका महिला शसक्ती करण समुहकी सदस्य साबित्री जोशीले बताई ।

bb

Leave A Reply

Your email address will not be published.