धुर्व विष्ट बझाङ
बझाङमा किशोरी माथि जबरजस्ती करणी गरेको आरोपमा एक जना प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ ।
बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका–२ घर भएका शिक्षक कलक बहादुर बोहरालाई प्रहरीले पक्राउ गरेको हो ।
बोहराले बझाङको देउलिकोट घर भई धनगढी डेरामा बस्ने किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको हो ।
भदौ २६ गते किशोरीले दिएको जबरजस्ती करणीको जाहेरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले जानकारी दिएकाछन ।
पक्राउ परेका बोहरा बित्थडचिर गाउँपालिका–१ मा रहेको कालिका बालज्योति आधारभुत बिद्यालयका प्रधानाध्यापक हुन ।
