धुर्व बिष्ट वझाङ्ग
बझाङ जिल्लाको बुङ्गल नगरपालि घर भई रोजगारीका लागि दक्षिण कोरियामा बस्ने बझाङ्गको बुङ्गल नगरपालिकाका नागरीकहरु आफ्नो जन्म थलोका पहिरो पिडितको बाह्यिमुलक वाट सहयोगमा जुटेका छन ।
दक्षिण कोरीयामा रोजागारीमा रहेका बुङ्गलका नागरीकरुहले बाढि पिडितको सहयोगमा जुटेको उनीहरुले बताएका छन
बिभिन्न रोजागरीमा दक्षिणकोरीमा रहेका नागरीकरुहले बुङ्गल नगरपालिका वडा ५ मिडिमा गएको पहिरो पिडीतका लागि बाह्यिमुलक दक्षिण कोरीयावाट १ लाख ११ हजार रुपैया (नेपाली) पिडीत परिवारलाई सहयोग गरेका छन ।
ठुला–ठूला सपना बोकेर धनकमाउन आसामा कोरीया पुगेको भए पनि आफ्नो गाउँमा ठूलो पिडा भएको सुन्दा सारै दुःख लगेर आयो त्यस पछि आफुहरु छाक गाँस कटाई गृह नगरका पहिरो पिडीतको सहयोगमा जुटेको उनीहरुले बताएका छन ।
सबै जना एकजुट भई थोरै थोरै रकम जम्मा गरी नेपाल स्थित पिडीत परिवारलाई बुझाएको उनले उनीहरुको भनाई छ ।
बुङगल नगरपालिका वडा.न ५ मिडीमा भाद्र २ गते घर माथिवाट पहिरो जाँदा स्थानीय प्रताप ताम्राकारको घर पुरीएको थियो २ जना वालकको मृत्यु भएको थियो ।
नगरपालिका र वडा पालिका सरकारी , गैर सकारी संघ संस्थाहरु सहयोगमा जुटेकोमा नगरपालिका वटा पनि सहयोग दिएको बुङ्गल नगरपालिकाकमा नगर–प्रमुख धन बहादुर विष्टले बताए । ताम्राकारकी श्रीमती र तीन छोरा पहिरोमा पुरीएर घाइते भएका थिए घाईतेको उपचार जारी रहेको परिवार श्रोतले जनाएको छ ।
मानवीय धर्म स्वरुप गाँस छाक कटाई सहयोग गरेको दक्षिण कोरीयामा कार्यरत बुङ्गल वासी नेपाली युवाहरुले वताएका छन ।
सेवा नै धर्म हो ,,घर बार बिहिन भएका हरुको पिडालाई आफुहरुले सम्झीएर थोरै भए पनि सहयोग गरेको कोरीयावाट युवाहरुले बताएका छन ।
नगरपालिका वडा ५ मिडिमा गएको पहिरो पिडीतका लागि १ लाख ११ हजार रुपैया (नेपाली) पिडीत परिवारलाई सहयोग गरेको परिवार श्रोतले जनाएको छ ।
