पदम जोरा, जोगवुढा–डडेल्धुरा
डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका सरकारको खोजीमा रहेको आपाङ्गता भएका स्थानीय जय बहादुर बाग सरकारको खोजीमा भौतारिएका छन ।
र्पुख्यौली थलो बुङल नगरपालिका २ बझाङ घर भई डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका १ आफ्ना दाजुको सरणमा पुगेका जय बहादुर बाग ९ बर्ष देखी आपाङगताको जिवन हुयलचियरमा बतिाउदै आएका छन ।
जय बहादुर बागले गासँ , वासको व्यास्थापनका लागि पटक–पटक परशुराम सरकारलाई गुहार्दै सरकार खोजी रहेका छन ।
पटक–पटक वडा सरकार, नगरसरकार र शुदुरपश्चिम प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री पठान सिंह वोहरालाई लाई मौखिक र लिखीत रुपमा गुहार्दा समेत कही कसैवाट पनि कुनै किसिमको आर्थिक र भौतिक सहयोग नभएको उनले गउँघरन्यूलाई दुखेसो गरी सरकार खोजी दिन आग्रह गरेका छन ।
९ बर्ष पहिला भिरवाट लडेर र्पुण रुपमा आपाङगता भएका बाग हाल ह्वीलचियरको साहारामा ८५ बर्षिय बृद्वि आमा सहित सडकमा पालको टहरामा कष्टर्पुण जिवन बस्दै आएका छन ।
आफ्ना दाजु करे बागले पालन पोषण गर्न न सक्ने, भन्दै ८५ बर्षिय आमा र आफुलाई घर वाट निकाले पछि आफु परशुराम १२ को तुलाभाडीमा कोठाभाडमा बस्दै आएकोमा आर्थिक समस्यामा कारण आज भोली परशुराम नगरपालिका र आलिताल गाउपालिकाको सिमा क्षेत्र सिस्ने खोलाको डिलमा पाल टागेर बसेकाछन ।
भित्री मधेषको अधिकान्स जमीन ऐलानी रहेको घर जमीन समेत एैलानीमा रहदा स्थानीय सरकार संग मेरालागि ७ हात जमिन न रहेको दुखेसो उनले सुनाए ।
डाडापारीको जुन जस्तै ८५ कर्षिय आमाको भत्ता र आफ्नो भत्ताले कोठाभाडा, औषधी खर्च समेत न पुग्ने भएकालले परशुराम नगरपालिकाका नगर–प्रमुख भिम बहादुर साउँद , वडा.न १ का वडा अध्यक्ष शेर सिंह बोहरा र वडा.न १२ का अध्यक्ष गणेश प्रशाद जोशीलाई लाई समेत आफ्नो गुनासो राख्दा समेत कुनै सुनावाई न भएएको उनले दुखेसो सुनाए । टाठा वाठाले खाने देसमा हामी जस्ता दिन दःुखी गरीवको साहारा स्थानीय सरकार न भएको उनले प्रष्ट पारेकाछन । शिंह दरवार गाँउगाउमा आयो संघियता आयो तर हामी गरीवकालागि सडकको वास, रहेको रहेको उनले गुनासो छ ।
बर्षादको समयममा प्लास्टीकको टहरमा पानी चुहिन्छ , ८५ बर्षिय डाडापारीको जुन जस्र्तै आमाको पालनपोषण, गर्नु सिस्ने खोलाको डिलमा बसेको छु । उक्त क्षेत्रवाट पनि सो क्षेत्रवाट पनि सामुदायिक वनले हटाउने हो की भन्ने पनि पिरलो झन बढि रहेको उनले सुनाए ।
