हिउदे बेर्ना उत्पादनमा परशुरामका महिला सकृय
कृषि क्षेत्रमा टेवा पुगाउने , चुलो चौकामा सिमीत महिलालाई आत्मर्निभर बनाई प्रतिनिधित्व बढाउने उदेश्य
पदम जोरा
डडेल्धुराको परशुराम नगरपालिकाका महिलाहरु हिउदे तरकारी तथा फलफुल र अन्न बाली बिउ बेर्ना उत्पादनमा सकृय बनेका छन ।
सामाजिक बहुउद्देश्यीय कृषि सहकारी संस्था परशुराम १२ जोगबुढाको सहयोगमा बेर्ना उत्पादन गर्न लागिएको सहकारीका अध्यक्ष गोपा थापाले बताईन ।
कृषि क्षेत्रमा टेवा पुगाउने , चुलो चौकामा सिमीत महिला लाई आय आर्जन र आत्मर्निभर बनाई हरेक क्षेत्रमा महिलाको प्रतिनिधित्व बढाउने उदेश्य वोकेको सहकारीले परशुराम नगरपालिकाको वडा ५ परिगाउँमा रहेको शिवधाम लाम्खाली कृषि सहरकारी समुहका महिलाहरुलाई बेर्ना उत्पादनमा जुटाएको थापाले बताईन ।
नगरपालिका कृषिसाखा र कृषि ज्ञान केन्द्र डडेल्धुरा वाट बहुउद्देश्यीय कृषि सहकारी संस्थाले कृषि क्षेत्रमा महिलाको सहभागिता बढाउन लागेको उनले बताईन ।
हिउदे सिजनाका बिभिन्न प्रजातीका तरकारी अन्न वाली र फलफुलको बेर्ना उत्पादन गरी कृषि क्षेत्र बलियो बन्न सक्ने उनको दाबि उनले गाउँघरन्यूज लाई बताईन ।
बिगत लामो समय देखी कृषकलाई अनुदानमा कृषि उपकरण , महलिाहरुलाई सिलाई बुनाई सिपमुलक तालिम शहकारीका माध्त्तयमवाट महिलालाई शसक्त र आत्मर्निभर बनाई रहेको थापाले बताईन ।
