पदम जोरा,जोगबुडा
डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकाले विश्व महामारीको रुपमा फैलिएको कोविड–१९ कोरोना भाईरस रोकथाम नियन्त्रणको खर्च सार्वजनीक गरेकोछ ।
नगरकार्यपालिको निर्णयले कोरोना भाईरस कोभिड–१९को महामारी रोकथाम, नियन्त्रण तथा व्यवस्थापनमा गत आर्थिक बर्ष २०७६ चैत्र देखी आर्थिक बर्ष ०७७ को २०७७ असार मसान्त सम्मको बिभिन्न शिर्षकमा भएको खर्च विवरण तथा अन्य विवरण अनुमोदन गरि सार्वजनिक गरेको परशुराम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तारानाथ पनेरुले बताए ।
मिति २०७६ चैत्र ४ गते परशुराम नगरपालिकाका २ वटा सिमानाका परशुराम बाङघाट र परशुराम ६ को तातापानी सिमानाका बन्द गरी कोविड १९ कोरोना भाईरस संक्रमण रोकथाम, न्यूनीकरणमा नगरपालिकाले अनवरत रुपमा कोरोना महामारीको लडाई लडेको परशुराम नगपालिकाका नगर–प्रमुख भिम बहादुर साउँदले बताए ।
नगरवासीको स्वास्थ्य सुरक्षा, राहत खाद्य सामग्री, वितरणमा नगरपालिकाले कुनै कसर वाकी समेत न राखेको नगर प्रमुख साउँदले बताए ।
उक्त कोरोना रोकथाम नियन्त्रण का लागि भएको खर्च नगरकार्यपालिकाको निर्णयले भाद्र १३ गते सार्वजनीक गरिएको नगर प्रमुख भिम बहादुर साउँदले गाउँघरन्यूजलाई बताए ।
कोरोना रोकथाम नियन्त्रणमा २०७७ असाढ मसान्त सम्म २ करोड २० लाख खर्च भएको परशुराम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तारानाथ पनेरुले जानकारी दिएका छन ।
कोरोना संक्रमण सन्त्रासको सुरुवाती चरणमै नगरकार्यपालिकाको निर्णयले कोविड १९ कोरोना भाईरस रोकथाम तथा नियन्त्रण लागि १ करोड ७५ लाख, ५९ हजार ५ सय रुपैया बजेट विनीयोजन गरेकोमा बिभिन्न सरकारी , गैरसरकारी, संघ संस्था , निजीकम्पनी, ९ बर्षियक बालिका सन्द्या भण्डारी र नगर प्रमुख भिम बहादु्र साउँद संरक्षक रहेको राजेन्द्र निर्माण सेवा सहितका दानदाताहरुको सहयोगवाट कोरोना कोषमा २ करोड ४२ लाख ५९ हजार ५२३ रुपैया २०७७ भाद्र १३ गते सम्म जम्मा भएको पनेरुले जानकारी दिए ।
उक्त रकम मध्ये मिति २०७७ असाढ मसान्त सम्म २ करोड २० लाख ७० हजार ६ सय ४९ रुपैया कोरोना रोकथामका लागि बिभिन्न शिर्षकमा खर्च भएको पनेरुले भने ।
नगरपालिकाले ३२ वटा क्वारेन्टीन ब्यबस्थापन गरेको थियो
