धुर्व विष्ट/शुरेश कुवर बुङ्गल–बझाङ
बझाङ जिल्लाको बुङ्गल नगरपालिका वडा.न. ५ मिडीमा मंगलवार राती गएको पहिरोमा पुरीदा २ वालक मृत्यु भएको छ । मृत्यु हुनेमा प्रताप ताम्राकारका १२ वर्षीय छोरा सचिन ताम्राकार र ताम्राकारको साला नातापर्ने ६ वर्षका सुदीप ओखेडा रहेका छन्।
उनीहरूको शव नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको पहलमा पहिरोले पुरिएको अवस्थामा निकालिएको हो। ठूला ढुङ्गा पहिरोसँगै आएकोले उद्धारमा समस्या भएको थियो ईलका प्रहरी कार्यालय झापाका प्रहरी निरिक्षक नेत्र बोहराले जानकारी दिनु भएको छ ।
बिहान करिब १ बजे वडा.न ३ को खोल्लेक डाडाँको घरमाथि लुयटी बाट आएको पहिरोले स्थानीय प्रताप ताम्राकारको घर पुरिएको छ। प्रताप भने रोजगारीको सिलसिलामा भारतको बैंग्लोरमा रहेछन्।
पहिरोमा परेर उनकी ४० वर्षीया श्रीमती पिपला ताम्राकार, १८ वर्षकी छोरी सुनिता र १२ वर्षीया सिन्तोषी ताम्राकार र १६ वर्षका छोरा अनिल ताम्राकार घाइते भएका छन। घाइते चारै जनाको खिरातडी स्वास्थ्य चौकीमा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय बुङ्गलले जनाएको छ।
घटना लगत्तै नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा पहिरोमा पुरिएका ४ जनाको सकुशल उद्धार गरिएको हो ।
