पदम जोरा–जोगबुडा ,
नेपालकोे दक्षीणी नाका महाकाली नदी किनारका महिलाहरु तटीय समुदायका सवालमा पैरवी गर्न सकृय भएका छन । महिला शक्तिकरण समुहमा आबद्ध भई उनीहरु सकृय भएका हुन । परशुराम न.पा. वार्ड नं. ५ र ६ मा ५ वटा महिला सशक्तिकरण केन्द्रमा कुल १६० जना महिलाहरु शसक्तिकरणमा जुटी रहेका छन । समुदायका सवाल, सवालहरुको उठान, उक्त सवालहरुमाथी स्थानीय सरकारको ध्यानाकर्षण र नदीतटीय समुदायमा योजना कार्यान्वयनका लागी दवाव दिन उहाँहरु एकढिक्का भएका हुन ।
भारता संगको सीमाक्षेत्रका समुदायको पानीको श्रोतमाथीको हक संरक्षण, पानीको श्रोतको उचीत व्यवस्थापन, महिलाको व्यक्तित्व र क्षमता विकास सम्वन्धीका बिभिन्न बिषयहरु उठान गर्नमा हहिलाहरुको सकृयता देखीएको छ ।
समुदायमा वाढी पूर्वसूचना, हिंसामूक्तसमाज, अन्तरदेशीय आपसी सद्भाव कायम गर्न ति समुदायका महिला समूहहरु क्रियाशिल छन ।
वेला–वेलामा समुदायका समस्याहरुलाई उठान गरी समुदायमा बिद्धमान खानेपानी अभाव न्यूनीकरण गर्न समेत आफुहरुले वडा कार्यालय संग समन्वय गरी रहेका बहादुरे महिला सशक्तिकरण केन्द्रकी उपसंयोजक खगेश्वरी हमालले बताईन ।
जिल्ला स्थीत रहेका संचारकर्मीहरुसंगको छलफलमा “हामीले समुदाय स्तरीय बिभिन्न अभियान संचालन गरी समुदायका समस्याहरु वढापालिका र नगरपालिका र प्रदेशसरकार सम्म पुगाएको र सामुदायीक समस्या हल हुनेमा आशावादी रहेको ” शिवशक्ति महिला सशक्तिकरण केन्द्रकी सदस्य माधवी सिंहले बताईन ।
समुदायमा बिद्यमान महाकाली नदीको कटान र बिभिन्न क्षेत्रवाट महिला माथि हुने घरेलु हिंसा बिरुद्ध पनि आफुहरु क्रियाशिल रहेको यस अभियानमा बिभिन्न निकायहरुले सहयोग हुने र भई रहेको शिवशक्ति मलिा सशक्तिकरण केन्द्रकी अर्की सहभागी माया सिलालले बताईन ।
यसरी सिमा क्षेत्र सुमदायमा सशक्तिकरण अभियान संचालन गर्न नेपाल तर्फका परिगाउ, कुणा, छेला, तातापानी, बण्ड, चन्दनी र भारत तर्फका चुका, खेत, सिम गाउँका समुदायहरु र यस क्षेत्रका सुरक्षाकर्मीहरु, सरोकारवाला निकायहरु र स्थानीय तह संगको समन्वयमा दक्षीण एशियाली सिमा नदीको पानीको सामुदायीक सदुपयोग (ट्रोसा) परियोजना संचालन गर्ने गैर सरकारी संस्था रुडुक ले सहजीकरण गरी सहयोग गरीएको छ ।
कार्यक्रमकै दौरानमा, हालसम्म महिलाहरुले यस सशक्तिकरण अभियानमा संलग्न भईसकेपछि केही आशा लाग्दा परिवर्तत र झकझक्याउने कार्यहरु गरीसकेको, अझै समाज परिवर्तनका लागी, महिला हक हितका लागी र तटीय क्षेत्रका वासीन्दाका लागी संस्थाले बिशेस पहल चाल्ने परियोजनाका कार्यक्रम संयोजक अमर साउँद गाउँघरन्यूज लाई बताए ।
