डडेल्धुरा नेबिसंघ जुझारु बन्छ : अध्यक्ष दिपेन्द्र भट्ट

पदम जोरा,डडेल्धुरा

नेपाल बिद्यार्थी संघ डडेल्धुराका अध्यक्ष दिपेन्द्र भट्टले डडेल्धुरा नेबिसंघ उर्जाशिल र चलयमान बन्नेमा आफु विश्वत रहेको बताउनु भएको छ । गाउँघरन्युजमा कुरा गर्दै अध्यक्ष भट्टले  व्यस्तताका कारण जिल्ला बाहिर रहेकाले नेबि संघ डडेल्धुरामा सह–सचिव हरिस महरालाई विधान अनुसार कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको बताउनु भएको छ ।
कार्यवाहक अध्यक्ष हरिस महराको नेतुत्वमा उर्जाशिल जम्वो कार्य समिती र जिल्ला सदस्य समेत मनोनित गरि सकेको भट्टले बताउनु भएको छ ।
सदस्य बिस्तार गरीएको र संगठन विस्तार गर्न, पार्टीलाई आउदो १४ औं महाधीवेसनका लागि हरेक तह र तप्कावाट उर्जादिन नेविसंघ डडेल्धुराको मुख्य भुमीका रहनेमा आफु विश्वस्त रहेको समेत उनले  दाबी गर्नु भएको छ ।
कांग्रेस केन्द्रीय सभापति शेर बहादुर देउवाको गृह जिल्लाको साख मेटाउन र  विवाद रहित अधिवेसन स्वच्छ प्रतिस्पर्दाका साथ जिल्ला अधिबेसनलाई सम्पन्न पार्नमा समेत नेविसंघको भुमीका रहने उनले बताए ।

नेविसंघ केन्द्रीय अध्यक्ष नैन सिंह महरको गृह जिल्लाको नेविसंघ देशमै चिनाउन आफुले सदस्यता विस्तार तथा संगठन विस्तारमा तिब्रता दिएको अध्यक्ष भट्टले बताए ।
अवको डडेल्धुरा नेबि  संघ नेपाली काग्रेस पार्टीको जुझारु भात्री संगठनको रुपमा बन्नेमा आफु ढुक्क रहेको भट्टले बताउनु भएको छ ।

bb

Leave A Reply

Your email address will not be published.