केदारस्युँको मल्लेसीका पहिरो पिडीतलाई अमेरीकावाट आर्थिक सहयोग

र्सिजना सिंह बझाङ

नेपालवाट अमेरीकामा रोजगारी र अध्ययनका लागि पुगेका नेपालीहरुले बझाङको केदारस्युँ गाँउपालिका वडा.न. ८ मल्लेसीका पहिरो पिडितलाई आर्थिक संकलन गरि सहयोग गरेका छन । गोफन्ड्मी र एनआरएनको सकृयतामा आर्थिक संकलन गरी उक्त रकम बैक मार्फत नेपाल पठाएको बझाङ जिल्ला घर भई ईडिभी वाट अमेरीका बस्दै आउनु भएको प्रताम गुर्धामीले गाउँघर न्यूजलाई बताए । अमेरीका बस्दै आएका नेपालीहरु १ हजार एक हजार नौंसय ७५ रुपैया ९४ पैसा अमेरीकीडलर संकलन गरि सहयोग गरेको गुर्धामीले जानकारी दिएका छन । उक्त रकमले बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका ८ मल्लेसीका बाढि पहिरो पिडीतलाई थोरै भए पनि राहत पुग्ने उनको भनाई रहेको छ ।
बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका वडा.न. ८ को मल्लेसिमा असार १९ गते पहिरो जादा एक घरका ७ जनाको मृत्यु भएको थियो भने अन्य केही बेपत्ता भएका थिए । रातीको समयमा गाउँ माथिबाट आएको पहिरोले केदारस्युँ गाउँपालिका–८ को मल्लेसीका २० घर समेत बगाएको थियो । २२ वटा भैँसी, ६५ वटा बाख्रा र २४ वटा गाइगोरु चौपाया समेत बगाएको थियो । ६५ घर परिवार बस्दै आएको बस्तीको बीच भागबाट पहिरो गएपछि गाउँ नै जोखिममा परेको थियो ।

bb

Leave A Reply

Your email address will not be published.