पदम जोरा,डडेल्धुरा
शहिद भिमदत्त पन्तको ६७ औं स्मृति दिवसको अवसरम नेपाल बिद्यार्थी संघ डडेल्धुराले जिल्ला शदरमुकाम बागबजार नजिकै भिमदत्त पन्तको सालिकमा दिप प्रज्वलन गरेको छ । नेबिसंघ डडेल्धुराका कार्यवाहक अध्यक्ष हरिश महरा, प्रेस युनियन डडेल्धुराका अध्यक्ष धन बहादुर भण्डारी,नेबिसंघ जिल्ला कार्यसमिति सदस्य अमर भाट , निरज जोरा, नेबिसंघ बैतडीका निर्वाचित सदस्य निराजन मडै, कन्चनपुर जनज्वती क्याम्पसका क्याम्पस ईकाई कार्यवाहक अध्यक्ष लोकेन्द्र भण्डारी सहित स्थानीय हरुको सहभागितामा दिपप्रज्वलन गरीएको नेसिंघ डडेल्धुराका अध्यक्ष हरिस महराले बताए । शहिद भिम दत्त पन्तको सपना सकार न भएको प्रति नेबिसंघ डडेल्धुराले आपत्ति समेत जनाएको छ । सर्वहारा बर्गको उत्थान तानाशाहि र सामन्ती प्रथाको अन्त्य गर्न महान सहिद पन्तलाई नेबिसंघले सधै सम्झीने र उहाँले औल्याएको वाटो हिन्न जरुरी रहेको महराले बताए । शहि पन्तमाथि राजनीतीकरण भई रहेकोमा उनको देखाएको वाटो, पन्तले वोकेका सपना आज सम्म पुरा न भएको प्रति आफुहरु सारै चिन्तीत रहेको प्रेस यनुीयन डडेल्धुरका सभापति धन बहादुर भण्डारीले बताए ।
अमरगढी नगरपालिका कारिगाउँमा भीमदत्त पन्तको जन्म विसं १९८३ साल मंसिर १० गते भएको थियो । उनी १५ वर्षको उमेरमा भारतको सिंघाईबाट म्याट्रिक पास गरेर नेपाल फर्के। डडेल्धुराको विरखम भन्ने ठाउँमा संस्कृत पाठशाला खोली । त्यसपछि उनले तल्लो स्वराड र रूपालमा पनि पाठशाला संचालनमा ल्याएका थिए । खोले। २००१ सालमा भारत पढ्न गएका पन्त अंग्रेज हटाउ आन्दोलनमा लाग्दा पक्राउ परी २००३ सालमा थुना मुक्त भएका थिए । डडेल्धुराको शैक्षिक विकास एवं सामाजिक परिर्वतनका लागि प्रमुख भूमिका निर्वाह गरेका पन्तले छुवाछुत अन्त्यको घोषणा गरेका थिए ।
