पदम जोरा,डडेल्धुरा
डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका वडा.न. १२ जोगबुडामका सामाजिक अभियान्ता भरत बडायर जोशी जनताका प्रिय बन्दै गएकाछन । सामाजिक सेवामा सानै देखि रुची राख्ने युवाका प्रिय पात्र बनेका जोशी पछिल्लो समय बृद्व/बृद्वाका समेत प्रिय बन्दै गएका छन । बिश्व महामारीको रुपमा फैलिएको कोविड १९ कोरोनामा उनी अनवरत जनताको साथमा रहे । कोरोना कहरले पिरोलेको अवस्थामा नेपाल सरकारले गरेको २०७६ साल चैत्र ११ गते देखीको देशव्यापी लकडाउनको जोखीर्पुण अवस्थामा जोशी जनताको सारथी बनेका छन । जोशीले आफ्नो ब्यक्तिगत लगानीमा जनताको स्वास्थ्य सुरक्षाको सहजताका लागि ५१ हजार रुपैया वरवरको औषधी परशुराम नगरपापालिकालाई हस्तान्तण गरे । लकडाउनको सुरुवाती चरण देखि, जोशीले जनताको दैलोमै पुगी निःशुल्क औषधी वितरण गरे । आलिताल, भागेश्वर र परशुराम संगै युवाहरुलाई एकन्त्रीत गरी जोशीले सुदुरका पहाडी जिल्लामा मानवताका लागि हामी अभियान संचालन गरी दैलो दवाई सहित अन्य राहत वितरण गरेको परशुराम नगरपालिका वडा.न १२ का स्थानीय युवा राजेन्द्र बहादुर साउँदले बताए ।
