ग्रामिण सडक हिलाम्य जनतालाई सास्ती

खगेन्द्र विश्वासी,डडेल्धुरा

लामो समय दखि बर्षाका कारण ग्रामिण सडक खण्ड हिलाम्य वन्दा ग्रामिण सडक खण्ड हिलाम्य बनेका छन । सडक खण्ड हिलाम्य बन्दा ग्रामिण सडक खण्डमा संचालन हुने साना तथा मझौला सवारीका साधनहरु संचालन हुन न सक्दा जनतालाई सास्ती भएको भागेश्वर गाउँपालिका १ रुपालका बिस्नु बहादुर ठकुराठीले बताए । कोरोना कहरका कारण देशब्यापी लकडाउन अर्थात बन्दाबन्दीले एकातिर जनतालाई सास्ती भयो स्थानीय सरकारको सडक खन्ने प्रबृति अर्थात ट्याक ओपन गर्ने शैली डोजर आतंकले नयाँ सडक खण्ड पुरै हिलाम्य हुदा अहिले दुःख भएको भागेश्वर गाउँपालिका १ रुपाल(बलडाका) बिस्नु बहादुर ठकुराठीको भनाई रहेको छ । एकातिर प्रधानमन्त्री स्वरोजगारकामको भुक्तानी बाकी छ । सामाजिक सुरक्षाभत्ता नविकरण गर्न गाउँपालिका ÷नगरपालिकाले ताकेता गरेको छ । बैंक धाउन गाउँपालिका अन्य सरकारी निकाय धाउन समस्या हुने गरेको डडेल्धुराको परशुराम ३ शिर्षका हरि संकर पाण्डेयले “गाँउघरन्यूजलाई”लाई बताए । सडक अवरुद्व हुदाँ खेतमा फलेको तरकारी वाली समेत बारीमै कुहीन लागेको पाण्डेयले बताए ।

bb

Leave A Reply

Your email address will not be published.