पदम जोरा,डडेल्धुरा
संघियता स्वरुप पत्रकारीताको बिकास संगै संचारकर्मीहरुको क्षमता बृद्विका लागि नेपाल प्रेस युनीयन डडेल्धुरा साखाले सकृयता देखाएको छ । बहुआयामिक पत्रकारिता आजको आवश्यकता ठहर गर्दै युनीयन साखा डडेल्धुराले जिल्ला भरका बिभिन्न पत्र–पत्रिका र एफ.एम.रेडियोमा कार्यरत संचारकर्मीहरुका लागि २०७७ साउन ९ गते देखी १२ गते सम्म तिन दिने आधारभुत तथा विपद जोखिम बिषयक निःशुल्क पत्रकारिता तालिम संचालन गर्ने भएको छ । पत्रकार साथिहरु पुरानै शैलिमा क्रियाशिलछन । संघियता स्वरुप परिर्वतन र क्षमता बृद्वि गर्न जरुरी रहेकाले तालिकको आयेजना गरीएको युनीयन डडेल्धुरा साखा सभापति धन बहादुर भण्डारीले बताए । सुशासित सभ्य समाज निर्माणका लागी, पत्रकारिता भित्रको नयाँ खोज गर्ने युनीयनको लक्ष्य रहेको सचिव पुष्कर भण्डारीका भनाई छ । सिपसिकाई पत्रकारीतामा टिकाई राख्न पनि जरुरी रहेकाले तालिम अपरिहार्य रहेको उनले गाउँघरन्युजलाई बताए ।
कान्तिपुर राष्ट्रिय दैनिकका बरिष्ठ उप–सम्पादक तथा बरिष्ठ पत्रकार एबम् नेपाल पत्रकार महासंघ पुर्व केन्द्रीय उपाध्यक्ष डि आर पन्त, पत्रकार महासंघ डडेल्धुराका पुर्व अध्यक्ष राम धामी , कान्तिपुर टेलीभिजनका डडेल्धुरा सम्वाददाता बरुण पनेरु लगायतले ३ दिन सम्म प्रशिक्षण दिने सचिव भण्डारीले जानकारी दिएका छन ।
तिन दिनको अवधीमा बिपद् जोखीम, सुशासीत पत्रकारीता र आधारभूत सिप दिई अझै पत्रकारीता क्षेत्र फस्टाउने भएकाले तालिम आयोजना गरीएको युनीयन डडेल्धुरा साखा उपाध्यक्ष योगेन्द्र रावलले बताए ।
