९ बर्षिय बालीका सन्द्या द्धारा परशुराम नगरपालिकाको कोरोनाकोषमा जन्मदिनको दक्षिना सहयोग

पदम जोरा, जोगबुडा

 

डडेल्धुराको परशुराम नगरपालिका वडा.न ३ थपलाकी ९ बर्षिय वालिका सन्द्या भण्डारीले आफ्नो नावौं जन्मदिनको ३३३३।(तिनहजार तीन सय तेत्तीस रुपया) दक्षिना परशुराम नगरपालिकाको कोरोना रोकथाम नियन्त्रण कोषमा जम्मा गरी सहयोग गरेकी छन । विश्व महामारीको रुपमा फैलिएको कोविड १९ कोरोना भाईरस संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकाले संचालनमा ल्याएको कोरोना कोषमा आईतवार भण्डारीले नगर–प्रमुख भिम बहादुर साउँद लाई ३३३३ रुपैयाको चेक हस्तान्तरण गरेकी हुन । बहुआयामिक प्रतिभाकी धनी सन्द्याले स्वस्र्फुत रुपमा उक्त निर्णय गरेको सन्द्याका बुवा खगिसिंह भण्डारीले बताए ।


पाश्चात्य मुलुकमा मनाईने , जन्मदिन अर्थात बर्थडे नेपालमा पनि भोज भतेर गरी मनाउन थालिएको प्रति सन्द्याको असन्तुष्टि रहेको सन्द्याकी आमा मिना भण्डारीले बताईन ।
टिका लगाईदिुस । मिठो परिकार खाना खाउँ । गक्षअनुसार दक्षिना दिनुस जम्मा गर्छु जोगबुडा गएर मेयर सापलाई दिन्छु भन्दा आफुलाई अचम्म लागेको सन्द्याकी आमा मिनाले सुनाईन ।
किन मेयर सापलाई दिने भन्दा सन्द्याले भनीन कोरोनाको जोखीम बढि रहेको छ । चेकजाच गर्न पैसा चाहिन्छ त्यसैले । तेरो दक्षिनाले पुग्छ त ? सबैले नचाईने खर्च कटाई जनताको स्वास्थ्य सुरक्षाका लागि नगरपालिकालाई सहयोग गरे त ? हामी सबै कोरोनावाट बच्न सक्छौ, बाच्नका लागि सबैवाट सहयोग हुनुपर्छ सन्द्याले थपीन । सन्द्या श्री कैलपाल प्राथमिक बिद्यालय परशुराम ३ थपलामा कक्षा ६ मा अध्ययन गर्छीन । आसार २१ गते उनले नवौं जन्मदिन मनाएकी हुन । उनले कोरोना जोखीमको सुरु देखीनै रेडियो परशुराम एफ.एम.९१.२ मेघाहर्जवाट चेतनामुलक सन्देश गितका माध्यम वाट दिदै आएकी थिईन ।

bb

Leave A Reply

Your email address will not be published.