सिमानाका परिगाँउमा सशस्त्र प्रहरीको बिओपि ब्यारेक र्निमाण

पदम जोरा–जोगबुडा

डडेल्धुराको परशुराम नगरपालिका वडा.न ५ परिगाउँमा सिमानाका मा शसस्त्र प्रहरीको बोर्डरअपरेसनपोष्ट ब्यारेक निर्माण सम्पन्न भएको छ । परशुराम नगरपालिका सहितको सहयोगमा विओपी निर्माण गरीएको शसस्त्र प्रहरी निरिक्षक हर्क बहादुर साउँदले गाउँघरन्यूज लाई बताए ।

सिमानाकामा हुने घटना, अवैद चोरी पैठारी तथा निकासी न्यूनीकरणका लागि परशुरामको वडा.न ३ तल्लो शिर्स र वडा.५ परीगाँउ वडा.न. ६ तातापानीमा शसस्त्र प्रहरी र नेपाल प्रहरीले सुरक्षा दिई रहेको सम्बेदनशिलतालाई विशेस निगरानी बढाएको निरिक्षक साउँदले बताउनु भएको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएका कोविड–१९ कोरोना भाईरस रोकथाम तथा नियन्त्रणमा शसस्त्र प्रहरी र नेपाल प्रहरीले नगरवासीको रक्षार्थ बिशेस योगदान दिएको परशुराम नगरपालिकाका नगर–प्रमुख भिम बहादुर साउँदले बताए ।
घरभाडामा लिई सुरक्षा दिई रहेका थियौं परशुराम नगरपालिका, नगर–प्रमुख भिम बहादुर साउँदको साथ, वडा.न. ५ का अध्यक्ष मिन बहादुर चन्द, वडावासीहरुको साथ सहयोगमा परिगाउँको कलपठे् थान नजिकै महाकाली किनारमा व्यारेक भवन र्निमाण सम्पन्न भएको निरीक्षक साउँदले बताए । सहयोगी सरोकारवाला सबैलाई धन्यवाद समेत दिनु भएको छ । आफुहरुलाई जनताको सुरक्षाका लागि भवन र्निमाण भए पछि थप उर्जा थपिएको साउँदको भनाई छ ।

bb

Leave A Reply

Your email address will not be published.