भगवती लाई साँछी राखी महिला हिंसा अन्त्य गर्छु : उपमेयर राधा ओझा

पदम जोरा , मेलौली बैतडी

बैतडी जिल्लाको तल्लो स्वराड क्षेत्र अन्तरगत पर्ने मेलौली नगरपालिकाकी उपमेयर राधा ओझाले नगरपालिकामा महिला हिसांका घटना सुन्यमा झार्ने बताउनु भएको छ । उपमेयरमा निर्वाचित हुन पुर्व पनि बिभिन्न गैर सरकारी संघ संस्थामा महिला तथा वालबालीकाको क्षेत्रमा काम गरेको सुनाउदै बिगतको भन्दा घटना कम भएको तर अझै मोवाईल फोनको दुरपयोगका कारण केही कतै यि यस्ता घटना घट्ने गरेको उनले बताईन । गाउँघर मिडीया हाउस संग कुरा गर्दै ओझाले आर्थिक बर्ष २०७७/ ०७८ मा महिला तथा वालबालिका लक्षित बजेट लाई समेत उच्च प्राथमिकतामा राखेका छौं सचेतनामुलक कार्यक्रमलाई तिब्रता दिई महिला हिंसा अन्त्य गर्ने ओझाले प्रतिबद्वता गरीन । सुदुरपश्चिम प्रदेश र बैतडीको तल्लो स्वराडा क्षेत्र अन्तरगतको प्रशिद्व शक्तिपिठ, मेलौली भगवतीलाई सांछी राखेर आफ्नो कार्यकालमा महिला हिंशाका घटना सुन्यमा झार्ने उनले बताईन । मदिरा, बेरोजगारी , अशिक्षा र चेतनाअभावका कारण महिलाहरु हिंसाको सिकार हुने गरेको उनको बझाई रहेको छ । न्यायिक समिती संयोजक समेत रहेकाले धेरे महिलाहरुले आजका दिन सम्म न्याय पाएको समेत उनको तर्क रहेको छ ।

bb

Leave A Reply

Your email address will not be published.