पदम जोरा,डडेल्धुरा
डडेल्धुरा जिल्लाको अजयमेरु गाउँपालिका वडा.न. ३ भद्रपुरमा जन्मीएका लोकदोहोरी तथा देउडा गाएक एबम् संचारकर्मी , रमेश मल्लले नयाँ लोकदेउडा अशुली बजारमा ल्याएका छन
। चाचरी, फुलैफुल्या मकमली सहित कयौन लोक तथा देउडा गितहरु बजारमा लई सकेका मल्लको विद्यार्थी जिवन देखी नै गायन क्षेत्रमा रुचि रहेको पाईएको छ ।
रेडियो शुदुर आवाज ९५ मेघाहर्ज, डडेल्धुरा वाट पत्रकारीतामा समेत आवद्व रमेश मल्ल एक प्रतिष्ठीत गायकका रुपमा पहिचान बनाउन सफल भएका छन । लोक तथा दोहोरी गित प्रतिष्ठान डडेल्धुरा साखाका सचिव , प्रेस युनीयन डडेल्धुराका सदस्य मल्ल र चर्चित देउडा गायीका रेखा जोशीको आवाजमा अशुली लोक देउडा बजारमा आएको छ । शुदुरपश्चिम प्रदेश र बिशेस गरी डडेल्धुरा जिल्ला ऐतिहासिक धार्मीक तथा पर्यटकीयस्थल, कला संस्कृतिको उजागर गर्ने उदेश्यका साथ गित बजारमा ल्याएको मल्लले गाउघर न्यूजलाई बताए । बसिवियालो म्यूजीक प्रा.लि काठमाण्डौले बजारमा ल्याएको लोकदेउडा गित चर्चीत एरेन्जर , लोकगायक, मोडेल विनोद बाजुरालीले एरेन्ज गरेकाछन भने मोडलिङ लोकदेउउडा गायक सुर्य विरही साउँदले गरेको मल्लको भनाई रहेको छ ।
