(रुडुक)  सु–आहारा द्वारा  स्वास्थ्यसंस्थामा मास्क र सेनीटाईजर वितरण

पदम जोरा,डडेल्धुरा

ग्रामिण महिला बिकास तथा एकता केन्द्र (रुडुक) डडेल्धुरा अन्तरगत सु–आहारा कार्यक्रमको सहयोगमा डडेल्धुरा जिल्लाका ७ वटै स्थानीयतहका सबै स्वास्थ्यसंस्थामा प्रारम्भीक स्वास्थ्य सामग्री वितरण गरीएको छ । असार २२,२३ छ, महिना देखी ५, बर्ष मुनीका वालवालिकालाई खुवाउदै आएको राष्ट्रिय भिटामीन ए र जुकाँको औषधि खुवाउने कार्यक्रममा खटिने महिला स्वास्थ्य स्वयमसेबीका र स्वास्थ्यकर्मीहरुको स्वास्थ्यसुरक्षा स्वरुप उक्त स्वास्थ्य सामग्री बितरण गरेको सु–आहारा डडेल्धुराको कार्यक्रम संयोजक धर्म सिंह ऐरले बताउनु भएको छ ।
विश्वमा फैलिएको कोविड १९ कोरोना भाईसको संक्रमण जोखीमवाट आमा शिसुर र महिला स्वास्थ्य स्वयमसेबीका , कर्मचारीलाई जोगाउन जिल्ला भरीका सबै महिला स्वास्थ्य स्वयम सेबीकाहरुलाई एक/एक थान सेनिटाईजर, ४/४ थान मास्क गरी जम्मा ४७१ थान , सेनीटाईजर र १८८४ थान मास्क वितरण गरेको रुडुक डडेल्धुराका कार्यकारी निर्देशक सरस्वती खड्काले बताईन । उक्त सामग्री सामग्रीवाट शिसु र आमा संगै स्वास्थ्यकर्मीहरुको स्वास्थ्य सुरक्षामा टेवा पुग्ने परशुराम नगरपालिकाका स्वास्थ्य साखा प्रमुख तेज बहादुर सिंहले “गाउँघरन्यूज”लाई बताए । स्वास्थ्य सामग्री रुडुक द्वारा संचालित सु–आहारा वाट प्राप्त भएकोमा आफुहरुलाई भिटामीन र जुकाँको औषधी खुवाउने कार्यक्रममा सहज हुने आलिताल गाउँपालिका वडा.न ४ का महिला स्वास्थ्य स्वयमसेबीका यसोदा जोरा बोहाराले बताईन । आफुहरुलाई रुडुकद्वारा संचालित सु–आहाराले स्वास्थ्य प्रारम्भीक सामग्रीहरु दिएकोमा आफुहरु कोरोना जोखीमवाट सुरक्षित हुने रेडियो परशुराम एफ.एम.जोगबुडाका प्राबिधिक तथा परशुराम ३ शिर्षका महिला स्वास्थ्यस्वयमसेबीका पदमादेबी बोहराले बताईन ।

bb

Leave A Reply

Your email address will not be published.