पदम जोरा,जोगबुडा असाढ १६
नेपाली कांग्रेस परशुराम नगर कार्य समितीले परशुराम नगरपालिकालाई ५१ हजार १ सय १ रुपैया आर्थिक सहयोग गरेको छ ।
बिस्व महामारीको रुपमा फैलिएको कोविड–१९ कोरोना भाईरस रोकथाम नियन्त्रणका लागि परशुराम नगरपालिकाले बिपद् कोष संचालन गरेको छ । नेपाली कांग्रेस परशुराम पार्टीको आन्तरीक कोष तथा क्रियाशिल सदस्यवाट संकलन रकम परशुराम नगरपालिकाका नगर–प्रमुख भिम बहादुर साउँद र उप–प्रमुख कलावती देबी बोहरालाई उत्तः चेक हस्तान्तरण गरीएको नगर कार्य समिती कार्यवाहक सभापति शेर बहादुर धामीले बताए । थोरै भए पनि जनताको स्वास्थ्य रक्षार्थ टेवा पुग्ने उदेश्यका साथ उक्त रकम हस्तान्तरण गरेको पार्टी सचिव खडक वहादुर साउँदले बताए ।
