रितु भट्ट , जोगबुडा
डडेल्धुराको परशुराम नगरपालिकामा क्वारेन्टिन र आईसोलेसनमा बसेका नागरिकको सरसफाई सहजताका लागि भक्त बी.बी हेल्पिङहेन्ड्स फर ह्युमेनिटिद्वारा खडक स्मृति प्रतिष्ठानको साझेदारीमा सरसफाई सामग्री हस्तान्तरण गरेको छ ।
मानवधर्म अन्तरगत कोरोना कहरका बेला सामाजिक जनउत्तरदायित्व निभाउदै उक्त संस्थाले परशुराम नगरपालिकाका नगर–प्रमुख भिम वहादुर साउँद र उप–प्रमुख कलावती देबी बोहरा मार्फत १२० थान मास्क, ४५ थान सेनिटाईजर, १० थान प्लास्टिक बाल्टीन १० थान प्लास्टिक मग, महिलाहरुकालागि १२ थान सेनिटरी प्याड ४२÷४२ थान लुगाधुने र नुहाउने साबुन, ४२ थान बिस्कुट १० किलो चिनी, १ किलो चियापत्ति एकमुष्ठ हस्तान्तरण गरेको संस्थाका संचालक तेज भण्डारी गाउँघरन्यूजलाई बताए ।
कोविड १९ कोरोना भाईरसको संक्रमण दिन प्रतिदिन बढिरहेको यस जोखीर्पुण अवस्थामा मानबीयधर्म निभाउदै संस्थाले शिद्वनाथ आधारभूत विद्यालय परशुराम १२ को आईसोलेसनमा बसेका परशुराम ७ का ८ महिनाको दुधेवालक र उनकी आमाका लागि लुगा डेढ महिना देखी आइसोलेसनमा रहेका परशुराम ५ परिगाँउका १ दम्पतीको गुनासो बुझ्दै र घरमा बालबालीकाहरु दैनिक छाकटार्न समस्यामा रहेकाले रेडियो परशुराम एफ.एम.९१.२ मेघाहर्ज जोगबुडाका स्टेसन म्यानेजर एबम् नेपाल प्रेस युनीयन डडेल्धुराका कार्य समिती सदस्य पदम जोरा मार्फत खाद्य राहत सामग्री समेत वितरण गरीएको संस्थाका प्रतिनिधी एबम् पत्रकार दिपेन्द्र अवस्थीले जानकारी दिए ।
