पदम जोरा , जोगबुडा असाढ १५
डडेल्धुराको परशुराम नगपालिकाले बिश्व महामारी कोविड–१९ कोरोना भाईरस रोकथाम नियन्त्रणका लागि संचालन गरेको विपद व्यबस्थापनको कोषमा परशुराम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तारानाथ पनेरु र ईन्जिनियर महेश सिँह धामीले आफ्नो असार महिनाको तलब बाट क्वारेन्टीन तथा आइसोलेसन व्यवस्थापका लागि जनहि रु १०,१०५। रुपैया सहयोग गर्नु भएको छ ।
उक्त सहयोग रकम चेक परशराम नगरपालिकाका नगर–प्रमुख भिम बहादुर साउँद र उप–प्रमुख कलावती देबी बोहरालाई कार्यालयमै हस्तान्तरण गरेको नगरपालिकाका सुचना अधिकृत हरिश ठगुन्नाले जानकारी दिए । चेक बुझ्दै सहयोगी प्रमुख प्रशासकिय अधिकृत तारानाथ पनेरु र ईन्जीनीयर धामीको सहयोगले नगरवासी नागरीकको स्वास्थ्य रक्षार्थ सहयोग पुग्ने नगर–प्रमुख भिम बहादुर साउँदले गाउँघरन्यूज लाई जानकारी दिए । परशुराम नगरपालिकाले कोरोना संक्रमण रोकथाम नियन्त्रणका लागि २०७६ चैत्र ७ गते देखी नै जनताको स्वास्थ्यको रक्षाको लागि कुनै कसर वाकी नराखेको नगर–प्रमुख साउँदले बताए ।
नागरीकहरुको स्वास्थ्य रक्षार्थ सुरुमा ५० लाखको बिपद् कोष खाता संचालन गरेको र थप संक्रमण बढ्दै गएपछि सम्बेदनसिशलतालाई अध्ययन गरी ५५ लाखको विपद् कोष संचालन गरीएको प्रमुख साउँदले बताए ।
