बुङगल नगरपालिकाको बजेट सावर्जनिक : कृषि र स्वास्थ्य क्षेत्र प्राथमिकतामा  

अम्बीका बिष्ट,बुङगल बझाङ

,

शुदुरपश्चिम प्रदेश  अन्तरगत हिमाली जिल्ला बझाङको बुङगल नगरपालिकाको छैटौ नगरसभा असार १० गते सम्पन्न भएको छ । सभाले आर्थिक बर्ष २०७७÷०७८ को निती तथा कार्यक्रम र ५५ करोड अन्नासीलाखको बजेट सावर्जनिक गरेको बुङगल नगरपालिकाका नगर–प्रमुख धन बहादुर बिष्टले बताए । विश्वमा फैलिएको कोविड १९ कोरोना भाईरसले निम्त्याएको परिस्थीती लक्षित निती,कार्यक्रम र बजेट बुङगल नगरपालिकाले सावजर्नीक गरेको बिष्टले गाउँघरन्यूज लाई बताए ।
आर्थिक बर्ष २०७७÷०७८ को बजेट कृषि, स्वास्थ्य तथा भारत तथा बाह्यि मुलुकवाट नगर भित्रीएकाहरुलाई रोजगार मुखी रहने उनले बताए । कोरोना भाईरस को संक्रमणका कारण भारत तथा बाह्यिमुलुक वाट बुङगलमा ठूलो संख्यामा नागरिकहरु भित्रीएको उनले बताए । उनीहरुलाई सिप,दक्षता अनुसार रोजगारी दिईने र नगरवासीको स्वास्थ्य सुरक्षामा कुनै कसर बाकी न राख्ने बिष्टले प्रतिबद्वता समेत गर्नु भएको छ । आफुले लकडाउनको समयमा सिमानाका दार्चुला पुगी अलपत्र आफ्ना नागरिकहरुको उद्वार समेत गरेको उनले बताउनु भएको छ ।
यो समाचार पदम जोराले समपादन गर्नु भएको हो ।

bb

Leave A Reply

Your email address will not be published.