पदम जोरा,
विश्वमा फैलिएको कोविड १९ कोरोना भाईरसको सामनाका लागि सरकार, सामाजिक उत्तरदायित्व बहन गर्ने संघ संस्थाले एकजुट हुनु पर्ने डा.आरजु राणा देउवाले बताउनु भएको छ ।
“गाउँघरन्यूज” र रेडियो परशुराम एफ.एम.९१.२ मेघाहर्जको शसक्तिकरण कार्यक्रम लाई सम्बोधन गर्दै देउवाले हाम्रो मुलुक कोरोनाको उच्च जोखीमको सामना गरी रहेको छ , आ–आप्नो क्षेत्रवाट सबैले सहयोग गर्नु पर्ने, हामीले आफुलाई कमजोर न ठानी यो भाईरस संग सामना गर्न सकिने उनको तर्क रहेको थियो ।
उच्च जोखीम हिजो थिएन, अहिले बढि रहेको छ । हिजोको हाम्रा पुर्खाहरु जसरी, सहयोगी भवनामा एक अर्का प्रति सहयोगी थिए , सोही समयलाई स्मरण गर्दै फेरी त्यही समयमा फर्कीर जाने हो , भने न नेपाली भोकले मर्छाै न रोगले उनले थप्नु भयो ।
जोखीम भन्दा पनि जनतामा त्रास बढि रहेकाले मनोचिकित्सक समेत रहनु भएका संबिधान सभा सदस्य डा.राणाले स्वास्थ्य परामर्षको जनतालाई खाचो रहेको बताउनु भयो ।
पहिलो घेरामा रहेका स्वास्थ्यकर्मी, दोस्रो घेरामा रहेका सुरक्षाकर्मी र तेस्रो घेरामा रहने संचारकर्मीहरुको कोरोना भाईरस संक्रमणको समनाका लागि अतुलनीय सहयोग रहेकाले केन्द्र सरकार, प्रदेश सरकार, स्थानीय सरकार, जनप्रतिनीधी सबै राजनैतिकदल,पार्टी सामाजिक संघ संस्थाहरुले जुट्नु पर्ने उनले बताउनु भयो । नेपाली कमजोर नभएको र बिगतका भुकम्प, बाढि पहिरो, जस्ता विपदको सजिलै सामना गरी सकेकोमा यो भाईरस नेपालवाट परास्त हुने उनले बताउनु भयो ।
