पदम जोरा,डडेल्धुरा
ट्रेड युनियन काँग्रेसले आगामी आर्थिक बर्षको योजना निति कार्यक्रम तथा बजेट निर्माण गर्न स्थानिय तह लाई सुझाव दिईएको छ । श्रमिकलाई लक्षित गरेर आगामी बर्षको योजना कार्यक्रम निर्माण गर्न नेपाल ट्रेड युनियन काँग्रेस डडेल्धुराले सुझाव दिएको हो । ट्रेड युनियन काँग्रेस डडेल्धुराले बिहिबार जिल्ला समन्वय समिति मार्फत स्थानीय तहलाई सुझाव स्वरुप ज्ञापन–पत्र बुझाएको छ ।
विश्वमा फैलिईरहेकोे कोभिड–१९ कोरोना भाई्स संक्रमणको महामारी बाट नेपाल नेपाल पनि प्रभाबित भई सुदूरपश्चिम प्रदेशका लाखौं युवाहरु बैदेशिक रोजगारी बाट पनि बञ्चित भएको सन्त्रासर्पुण अवस्थामा जनताको नजिकको सरकार स्थानीय सरकारलाई आगामी आर्थिक बर्षमा स्थानीय स्तरमै स्वरोजगारमुखी उत्पादनमूलक कार्यक्रमहरु बजेटमा समाबेश गर्न संगठित एवं असंगठित श्रमिकहरुको छाता संगठन नेपाल ट्रेड युनियन काँग्रेस डडेल्धुराले सात बुँदे माग सहित जिल्ला समन्वय समितिका प्रमुख गणेशराज भट्टलाई ज्ञापनपत्र बुझाएको छ ।
कोरोना रोकथाम, नियन्त्रण र उपचार लगायत समसामयिक परिस्थिति र देशको अर्थसंकटलाई बिश्लेसण गरी रोजगारीका लागि भारत गएकाहरु महामारीको बिशेष परिस्थितिमा घर फर्केका स्थानीयलाई स्थानीय तहहरुले बिशेष प्याकेज ल्याउन जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिकालाई अनुरोध सहित कार्यान्वयनमा जोड दिन समन्वय समितिलाई आग्रह ज्ञापनपत्र मार्फत गरीएको छ । नेपाल ट्रेड युनियन काँग्रेस डडेल्धुराका अध्यक्ष टेकराज पाण्डेय द्वारा हस्ताक्षरित ज्ञापनपत्रमा कोरोना महामारीका कारण बिदेश एवं वाह्यिमुलुकवाट घर फर्किएका यूवाहरुको सीप तथा रोजगारीको सर्वेक्षण, अध्ययन गरी प्रत्येक गाउँ पालिका र नगरपालिकाले बेरोजगार यूवाहरुलाई सुचीकृत गर्नु पर्ने, स्थानीय तहको सम्भावना अध्ययन गरि लघु उद्यम तथा कृषि पर्यटन क्षेत्रमा स्वरोजगार हुने स्पष्ट निति, कार्यक्रम र बजेट विनियोजन गर्नु पर्ने हरेक स्थानीय तह हरुमा कम्तीमा पनि ५० सैयाको आईसोलेसन वार्ड सहितको कोरोना उपचार केन्द्र स्थापना गरिनु पर्ने ज्ञापन–पत्रमा उल्लेख छ ।
स्वास्थ्य कर्मी, शिक्षक, यातायात, उद्योग कलकारखाना, साना ब्यापार, कृषि क्षेत्रका मजदुर एवं अन्य स्थानमा अग्रपंतीमा कार्यरत कर्मचरीहरुका लागि कोरोना जोखिम न्युनिकरण सम्बन्धी सामग्री बितरण स्वास्थ्य बिमा जस्ता कार्यक्रम ल्याईनुपर्ने, बाँजो जमिनको लागत संकलन गरि सामुहिक रुपमा उत्पादनमुखि कृषि खेती गर्न प्रोत्साहित गर्नु पर्ने, बिपन्न र बेरोजगार यूवाहरुका लागि सहुलियत ऋण कृषि उपकरणमा अनुदान तथा सिप क्षमताको बिकासमा समन्वय र आवश्यक बजेट बिनीयोजीत हुने निति तथा कार्यक्रम ल्याउनु पर्ने, खाद्य संकट हुन सक्ने सम्भावनालाई अध्ययन गरी तत्काल उत्पादन हुने नगदे बालीको खेती गर्न प्रोत्साहन गर्नु पर्ने जस्ता मागहरु ट्रेड य्नीयन काग्रेस डडेल्धुराले राखिएको छ ।
स्थानीय तह भित्र रहेको श्रोत साधनको सहि सदुपयोग गर्ने खालका कार्यक्रमलाई बिशेष प्रथमिकता दिई फर्निचर उद्योग, जडिबुटी उद्योग, बास निगालो, साना घरेलु उद्योग, अल्लो तथा सिस्नो प्रर्बद्धन उद्योग, सुन्तला कागती अमिलो अचार उद्योग, आलुचिप्स उद्योग लगायत अन्य सम्भाबित उद्योग स्थापना एवं बिस्तार लाई प्रथमिकता दिईनु पर्ने शैक्षिक संस्थामा कार्यरत शिक्षकहरुलाई कोरोना जोखिम न्युनिकरण नभए सम्म अनलाईन कक्षा संचालन गर्न सक्ने गरि आश्यक तालीम एवं पुर्वाधार ब्यवस्थापन सम्बन्धी कार्यक्रम ल्याईनपर्ने, बेरोजगार एवं सिप भएका युवाहरुका लागि सिप अनरुपको व्यवसाय गन प्रत्साहित गर्ने ,वडा कार्यालयको सिफारिसमा बिना धितो स्थानीय बैंक एवं स्थानिय सरकारबाट सहुलियत कर्जा लिई उत्पादनमुखि व्यवसायमा अग्रसर गराउनुका साथै उनिहरुले उत्पादन गरेका बस्तु सामग्रीको बजारीकरण सुनिश्चितता हुने खालका कार्यक्रम ल्याउनु पर्ने दैनिक ज्याला मजदुरी गरि खाने वर्गका माग सम्बोधन गर्न विषय उठान गरिएको युनियनका अध्यक्ष पाण्डेयले बताए । ज्ञापनपत्र बुझ्दै जिल्ला समन्वय समिती प्रमुख भट्टले श्रमिक संगठनले उजागर गरेका विषय सान्दर्भिक, समसामयिक र बर्तमान परिपेक्ष्यमा साकारात्मक एवं जनमैत्री रहेकाले उठान गरिएका बिषय सम्बन्धित स्थानीय तहलाई पठाई कार्यान्वयनका लागि निर्देशन दिने बताए ।
यो विषम परीस्थितिमा बेरोजगार युवाहरुका लागि दिगो राहत हुने गरि स्थानीय सरकारले अबलम्बन गर्नु पर्ने समग्र कार्यक्रमको ढाँचा ज्ञापनपत्रमा समाबेश गरिनु प्रसंसनिय पनि छ, उनले भने, अब स्थानीयतहहरुले पूर्बाधार विकास योजनाहरुमा ठूला मेसिन औजारहरु बन्द गरि स्थानीयलाई रोजगार दिई आर्थिक उपार्जनका कार्यक्रमहरु संचालन गर्नु पर्ने धारणा राखे ।नेपाल ट्रेड युनियन काँग्रेस डडेल्धुराका निवर्तमान अध्यक्ष हेमराज ओझा, संस्थाका सचिव निर्मला बोगटी, स्वास्थ्यकर्मी संघका सुदूरपश्चिम अध्यक्ष प्रेम महर, नेपाल प्रेस युनियनका निवर्तमान अध्यक्ष टेकराज अवस्थी, शिक्षक संघका सचिव अशोक बम, युवा अध्यक्ष हरि भण्डारी लगायत ट्रेड युनियनकर्मी लगायतको उपस्थिति रहेको उक्त कार्यक्रममा युनियनले सुझाव दिएका विषयबस्तु लाई स्थानीय तहले अवसरको रुपमा उपयोग गरि आवश्यकतालाई ध्यानमा राख्दै कार्यक्रमहरुलाई नीति तथा बजेटमा सम्बोधन गर्न जोड दिईएको छ ।
