डडेल्धुरामा थप ८३ जनामा कोरोना पाेजेटिभ
गन्यापधुरा गाउँपालिकाका ५३, परशुराम नगरपालिका २२ जना र अजयमेरु गाउँपालिकाका ४ जनामा कोरोना पुष्टि
डडेल्धुरा : आज डडेल्धुरा जिल्लामा मात्रै ८३ जना कोरोना संक्रमित थपिएका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा भएको परीक्षणमा ८३ जनामा संक्रमण पुष्टि भएको हो। जिल्लाको गन्यापधुरा गाउँपालिकाका ५३, परशुराम नगरपालिका २२ जना र अजयमेरु गाउँपालिकाका ४ जनामा कोरोना पुष्टि भएको हो।
गन्यापधुरा गाउँपालिका स्वास्थ्य शाखाका अनुसार ४० जनामा वडा नम्बर १ मा १ जना, २ मा २१ जना, वडा नं. ३ मा २ जना, वडा नं. ४ मा १५ जना, वडा नं. ५ मा १ जना रहेका छन्।
संक्रमित ४० जना नै होम क्वारेन्टाइनममा रहेको गन्याधुरा गाउँपालिकाका अध्यक्ष नवलबहादुर मल्लले बताए। अजयमेरु गाउँपालिका वडा नं. २ का ३ जना र १ का १ जनमा पनि कोरोना पुष्टि भएको अजयमेरु स्वास्थ्य शाखाले जनाएको छ।
उनीहरूमध्ये ३ जना सहश्रलिङ मावि र १ जना बालकल्याण माविको क्वारेन्टाइनमा छन्। २२ जना परशुरामका भएपनि स्वास्थ्य शाखाले वडा नम्बर कतिका हुन भन्ने छुट्याउन बाँकी रहेको जनाएको छ। १७ जनाको नाम मात्र आएको र ठेगाना उल्लेख नभएकाले स्वास्थ्य कार्यालयले कुन स्थानीय तहको हो भन्ने खोजी गरिरहेको डडेल्धुराका कोभिड–१९ सम्पर्क व्यक्ति हरिप्रशाद भट्टले जानकारी दिए। डडेल्धुरामा कोरोना संक्रमितको सङख्या एक सय २२ पुगेको छ।
