पदम जोरा
डडेल्धुरा- भित्रिमधेश जोगबुडा क्षेत्रमा सञ्चालित एमरेड परियोजले क्वारिन्टाईन व्यवस्थापनका लागी सहयोग गरेको छ । परशुराम नगरपालिकाको वडा नं.९ र १० मा रहेका क्वारिन्टाईनहरुको व्यवस्थापनका लागि खाद्यान्न सहयोग गरेको छ ।
मर्सिकोर नेपाल र एकिकृत विकास समाज डडेल्धुरा द्धारा संञ्चालित एमरेड परियोजनाद्वारा वडा कार्यालय मार्फत क्वारिन्टाईन व्यवस्थापनका लागी खाद्यान्न र अन्य सामाग्रीहरु सहयोग गरेको हो ।
परियोजनाले चामल, दाल, पिफर्म म्याट्रिस, खानेपानी टंकी, डिटोल साबुन, तन्ना, पाईप, प्लाष्टिक बाल्टि, प्लाष्टिक जग आदि सहयोग गरेको छ । वडाका सबै क्वारिन्टाईनको अवस्था बारे दैनिक जानकारी लिईरहेकोले आवश्यकता अनुसार परियोजना एवं संस्था द्धारा थप सहयोग गर्न सकिने एकिकृत विकास समाज डडेल्धुराका कार्यकारी निर्देशक पद्मा गुरुंगले बताईन ।
विगत लामो समय देखी विपद व्यवस्थापनको क्षेत्रमा काम गरिरहेको एमरेड परियोजना मार्फत कोरोना महामारीका बेला विभिन्न प्रकारका सहयोगहरु उपलब्ध गराउदै आएको छ । परियोजनाले तेश्रो चरणको सहयोग कार्यक्रम अन्तर्गत वडामा रहेका क्वारिन्टाईन लाई सहयोग गररे छ ।
पहिलो चरणमा नगरपालिका लाई विभिन्न सरसफाई तथा क्वारिन्टाईन व्यवस्थापनका सामाग्री सहयोग गरेको थियो । दोश्रो चरणमा वडा नं. ९,१० र १२ का विभिन्न पाँच समुदायका घरधुरी लाई समेटी परियोजनाले सरसफाई सामाग्री वितरण गरेको थियो । तेश्रो चरणमा दुई वटा वडाका क्वारिन्टाईन लाई सहयोग गरेको छ ।
यो हप्ता भित्र नै चौथो चरण अन्तर्गत नगरपालिका लाई थप सामाग्री हस्तारन्तरण गरिने कार्यकारी निर्देशक गुरुंगले बताईन ।
डडेल्धुराको समाजिक क्षेत्रमा लामो समय देखि काम गरिरहेको एकिकृत विकास समाजले कोरोना महामारीको क्रममा जिल्लाका सात वटै स्थानिय तहमा विभिन्नसहयोग गर्दै आएको छ ।
