आलिताल गाउँपालिकाले ल्यायो ४ सय थान आरडिटी किट

रितु भट्ट–


आलिताल गाउँपालिकाले भारत तथा बाह्यिमुलुक वाट गाउँपालिका भित्रीएका नगारिकहरुको स्वास्थ्य परिक्षणका लागि ४ सय थान अरडिटी किट खरिद गरेको छ । १४ दिन सम्म क्वारेन्टीनमा बसि स्वास्थ्य चेकजाँच पछि उनीहरुकालाई एकान्त वास अर्थात होम क्वारेन्टीनमा बस्ने सर्तमा घर पठाईउन लागिएको गाउँपालिका अध्यक्ष बल बहादुर गुरुङले जानकारी दिए । हाल सम्म २५० जना क्वारेन्टीनमा रहेको स्वास्थ्य साखा प्रमुख धन बहादुर क्षेत्रीले जानकारी दिए । उनीहरुको व्यवस्थापनका लागि केन्द्र सकारको निर्णयलाई आत्मसाथ गरी प्रति व्यक्ति२०० रुपैयाका दरले खाना , व्यवस्थापन गरीएको उनले बताए ।
आर्थिक पारदर्षिता , खर्च मितब्यीता हुने भएकाले गाउपालिकाले उक्त निर्णय गरेको अध्यक्ष गुरुङले “गाउँघर न्यूज”लाई जानकारी दिए । डडेल्धुरा अस्पतालमा पिसिआर मेसीनका खरिदका लागि गाउँपालिका बजेट विनीयोजना गर्न तयार रहेको उनले जनाएका छन । जोखीम अझै वढि रहेकाले जनताको स्वास्थ्य सुरक्षा गर्नु आवश्यक छ यस बिषमा प्रदेश सरकार र केन्द्र सरकारले ठोस कदम चाली छिट्टै डडेल्धुरा अस्पतालमा पिसिआर मेसीनका लागि पहल गर्न÷ गराउन ७ वटै सथानीय तहले दवाव दिन जरुरी छ , गुरुङले थपेका छन ।

bb

Leave A Reply

Your email address will not be published.