परशुराम नगरपालिकाद्वारा अनुगमन र राहत सहयोग प्रकृयावाट गर्न सूचना जारी

पदम जोरा जोगबुडा

परशुराम नगरपालिकाले क्वारेन्टीन, आइसोलेसन अनुगमन र राहत सहयोगमा एकद्वार प्रकृया गरीने जनाएको छ । परशुराम नगरपालिकाकाले भारत तथा बाह्यिमुलुक वाट नगरफर्की बिभिन्न सामुदायिक बिद्यालयमा स्थापना गरेका क्वारेन्टीनमा बसेकाहरुको व्यबस्थापनको प्रयास जारी राखेको छ । उक्त ब्यस्थापनका लागि सहयोग गर्नु हुने दान,दाता, सहयोगीहरुमा समेत सहयोगको अपेक्षा राखि नगरपालिकाको  बिपद्  कोषमा आप्नो गक्ष्य अनुसार सहयोग गरीदिन अपिल समेत गरेको छ । नेपाल बैकं लि.जोगबुडा साखाको खाता .न. २४४०३००००७००२०००००१ मा रकम जम्मा गर्न सकिने नगरपालिकाले जनाएको छ ।


जिन्सी, खाद्य, राहत सामग्री सहयोग गर्ने महानभावहरुको लागि एकद्वारा प्रणाली मार्फत नगरपालिका, वडा पालिका द्वारा हस्तान्तरण गर्न गराउन  समेत  सूचना जारी गरेको छ ।
साथै : क्वारेन्टीन, आईसोलेसन १०० मिटर आसपासमा सर्ब साधारलाई प्रवेसमा रोक लगाएको छ । अनुगमनको जिम्मेवारी नगर–प्रमुख, उप–प्रमुख, प्रमुख प्रसासकिय अधिकृत, प्रतिकार्य टोलीद्वारा गठित अनुगमन समिती, सम्बन्धीत वडाका वडा अध्यक्ष, क्वारेन्टीन र आईसोलेसन ब्यबस्थापक, सुरक्षाकर्मी, स्वास्थ्यर्की, संचारकर्मी, वाहेकलाई निसेध समेत गरीएको नगरपालिकाले जनाएको छ ।

bb

Leave A Reply

Your email address will not be published.