कार्यपालिका सदस्य हरिना कामी माथि भएको र्दुब्यभार प्रति काग्रेस परशुरामको आपत्ति

पदम जोरा जोगबुडा,
डडेल्धुराको परशुराम नगरपालिका कार्यपालिका सदस्य हरिना कामी माथि भएको र्दुब्यभार प्रति नेपाली कांग्रेसले परशुरामले आपत्ति जनाएको छ ।

जेठ २९ गते नेपाली काग्रेस परशुरामका कार्यवाहक सभापति शेर बहादुर धामीको अध्यक्षमा आकस्मीक बैठक बसी घटना सुनीयोजित, आक्रमणशैलीको भएको पुष्टि काग्रेस परशुरामले गरेको छ । उक्त घटनामा संलग्न दोशीमाथि कारवाहीको माग समेत गरेको पार्टीले राखेको छ । नेपाली काग्रेस पार्टीको तर्फ वाट वडा.न.१२ का महिला सदस्य निर्वाचित हरिना कामी कार्यपालिका सदस्य समेत रहेकी छन ।

हरिना कामीको नेतृत्वमा वडा.न ४ की वार्ड सभापति बस्नती पाण्डेय, महिला संघ परशुरामकी सभापति राजु भट्ट जोशी , नेपाली कांग्रेस परशुरामका सदस्य राम बहादुर ऐर जेठ २८ गते भागेश्वर माद्यमिक बिद्यालयको परशुराम ४ कटालको क्वारेन्टीनमा वडा अध्यक्ष गोपाल दत्त जोशी सहित क्वारेन्टीनमा बसेका नागरीकलाई भेटघाटका लागि क्वारेन्टीन पुगेका थिए । क्वारेन्टीनमा बसेकाहरुका सुझाव, गुनासा संकलन गरी बाहिरीने क्रममा एक्कासी केही युवाहरुको समुहले आफुहरु माथि सांघातिक आक्रमणको प्रयास गरेका खवरले पार्टी उक्त घटनाको खेद प्रकट गर्दछ बिज्ञपती मार्फत पाटीले आपत्ति जनाएको छ । नगर सचिव खडक बहादुर साउँद र कार्यवाहक नगर सभापति शेरबहादुर धामीद्वारा हस्ताक्षरीत बिज्ञप्तीमा कानुनी राजयमा कसै माथि र्दुब्यभार गर्नु, अपमान गर्नु, आक्रमण गर्नु निन्दनीय भएको उल्लेख गरीएको छ । मुलुक कोविड १९ कोरोना भाईरसको जोखीमा रहेको परिस्थीतीमा कोही कसै पार्टी , संघ संगठनवाट यि यस्ता ,धम्काउने, तर्साउने, आक्रमण गर्ने कार्य बन्द गरीनु पर्ने माग पार्टीले राखेको छ । सुरक्षाको अनुभुती सुरक्षा नियकावाट हुन न सकेको गुनासो समेत पार्टीले ब्यक्त गरेको छ ।
एकद्वारा प्रणाली मार्फत राहत सहयोग गर्ने सरकारको निर्णय लाई टेकेर आफुहरु वडा अध्यक्ष मार्फत क्वारेन्टीनमा गएको कार्यापलिका सदस्य हरिना कामीको तर्क रहेको छ भने , अनुगमन गर्ने जिम्मेवारी कार्यपालिका सदस्य र राजनैतिक ब्यक्तिहरुको न रहेको एकथरीको भनाइ रहेको छ ।

bb

Leave A Reply

Your email address will not be published.