पदम जोरा,जोगबुडा
डडेल्धुराको परशुराम नगरपालिकाले अनलाईन माध्यमवाट जनताका सुझाव संकलन गर्ने परशुराम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तारानाथ पनेरुले बताए । आगामी आर्थिक बर्ष २०७७/०७८ को निती, कार्यक्रम तथा बजेटले नगर क्षेत्र पुरैलाई समेटी कसरी समृद्व नगर बनाउन सकिएला भन्ने उदेश्यका साथ अनलाईनवाट सुझाव संकलन भई रहेको उनले बताए ।
बिषयगत साखा हरुका बैठक गरीने छ । सोही अनरुप सबैको सल्लाह, सुझाव सहकार्यमा नगरपालिका आगामि आर्थिक वर्षमा आगाडी बढ्ने प्लानमा रहेको पनेरुले बताए ।
विश्व महामारीका रुपमा फैलिएको कोरोना भाईरस संगको लडाई ठूलो छ । कृषि, शिक्षा , स्वास्थ्य , अन्य बिकास लगायत रोजगारी, खाद्य आपुर्ति कयौन चुनौती रहेको अवस्थामा प्रभावकारी निती कार्यक्रम तथा बजेट र्निमाण गर्न सके सजिलो हुने भएकाले सुझाव संकलनका लागि अनलाईन फाराम प्रणाली तयार पारीएको सुचना अधिकृत हरिस ठगुन्नाले बताए । उक्त फाराम परशुराम नगरपालिकाको फेसवुक पेजमा रहेको ठगुन्नाले बताए । उक्त फाराम अनलाईनवाटै भर्नु पर्ने उनको भनाई रहेको छ ।
