यूनिटी युवा क्लब द्धारा क्वारेन्टीनमा फलफुल वितरण जारी

ललिता साउँद आलिताल


विश्वमा फैलिरहेको कोभिड १९ कोरोना भाईरसको यस विसम परिस्थीतिमा डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिका वडा न. ४ घरेलुमा रहेको यूनिटीयुवा क्लबले गाउँपालिका भित्र रहेका विभिन्न क्वारेन्टीनमा फलफुल वितरण कार्यलाई तिब्रता दिएका ेछ ।
क्लवका अध्यक्ष तुलाराम बोहरा को नेतृत्वमा फलफुल बितरण भईरहेको क्लवका प्रवक्ता उमेश नेपालीले जानकारी दिनुभएको छ । कोरोना भाइरसको माहामारीका कारण भारत तथा बाह्यिमुलुक वाट गाउफकीएका नागरीकहरुमा सृजनाभएको सन्त्रासलाइ न्युनीकरणका साथै मनोवल उच्च राख्नका लागि आफुहरु जुटेको क्लवका अध्यक्ष बोहराले बताउनु भएको छ । आलिताल गाँउपालिकाको वार्ड न. ३ को स्यालचौडि माद्यमिक बिद्यालय, क्वारेन्टाइनमा रहेका ३९ जना , आदर्श प्रा.बि को क्वारेन्टीनमा रहेका १७ जना, वडा न. ८ को जनज्योति आ.वि क्वारेन्टीनमा रहेका ११ जना , दुर्गा मा.वि क्वारेन्टाइनमा रहेका २२ जना, वडा न. ५ को बालकृष्ण आ.वि क्वारेन्टीनमा रहेका २४ जना र वडा न. ५ सरस्वति मा.वि क्वारेन्टीनमा रहेका २८ जना गरि जम्मा १४१ जना फलफुल बितरण गरेको क्लबका प्रबक्ता उमेश नेपालीले गाउघरन्यूजलाई जानकारी दिनु भएको छ । युबा क्लबले गाँउपालिका सबै वडामा उक्त अभियान जारी राख्ने प्रवक्ता नेपालीले जानकरी दिनु भयो ।

bb

Leave A Reply

Your email address will not be published.