गाउँपालिका जलश्रोत अधिकृत भण्डारी द्वारा गन्यापधुरा गाउँपालिकालाई काक्रा सहयोग

खगेन्द्र विश्वासी ,डडेल्धुरा

 

डडेल्धुराको गन्यापधुरा गाँउपालिका घर भई लामो समय गैरसरकारी संघ संस्थामा कार्यरत हाल भागेश्वर गाँउपालिका ग्रामिण जलस्रोत व्यबस्थापन परियोजनामा गाउँपालिका जलश्रोत अधिकृत पदमा कार्यरत गन्यापधुराका देवराज भण्डारीले गन्यापधुरा गाँउपालिकालाई ३ क्वीन्टल काक्रा सहयोग गर्नु भएको छ ।

विश्व महामारीको रुपमा फैलिएको कोविड १९ कोरोना भाइरसका कहरले भारत तथा बाह्यिमुलुक बाट गाउँ फर्की क्वारेन्टीनमा अनुशासित पुर्वक बसेकाहरुलाई वितरण गर्न भनी काक्रा हस्तान्तरण गरेको भण्डारीले बताउनु भएको छ । गाउँपालिकाले आफ्ना नागरिकको स्वास्थ्य सुरक्षा र खाना वसोवासको व्यबस्थापनमा खटिएको अवस्थामा आफुले ब्यक्तिगत सहयोग गरेको उनको भनाई रहेकोछ । भण्डारीको सहयोगका लागि गाँउपालिका र अध्यक्ष नवल बहादुर मल्लले भण्डारीद्वयलाई धन्यवाद दिनु भएको छ । अझै पनि आफुले मानवीय धर्म स्वरुप कहा कुन क्षेत्रवाट कसरी के सहयोग गर्नु पर्छ आफुहरु तत्पर रहेको भण्डारीले “गाउँघरन्यूज ”लाई बताए । साथै भागेश्वर गाउँपालिका वडा नं ५ स्थित शारदा माध्यमिक विद्यालयमा मा.वि तहमा अध्यापनरत उहाँको भाई रमेश भण्डारीलको सहयोगमा २ क्वीन्टल काक्रा सोहि गाउँपालिकालाई हस्तान्तरण गरेको गाउँपालिकाका प्रेस सल्लाहकार मनोज देउवाले बताए ।

bb

Leave A Reply

Your email address will not be published.