पदम जोरा , डडेल्धुरा
सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालकी केन्द्रिय अध्यक्ष डा. आरजु राणा देउवाद्वारा नवजात शिसु, सत्केरी र गर्भवती महिला लक्षित स्वास्थ्य सामग्री वितरणलाई तिब्रता दिनु भएको छ ।
सोही अभियान अन्तरगत डा.राणाले सुदूरपश्चिम प्रदेशको डोटी, डडेल्धुरा, बाजुरा र बैतडीका जिल्ला अस्पताल र स्वास्थ्य चौकीमा रहेका प्रस्तुति गृहलाई स्वास्थ सुरक्षा सामाग्री उपलब्ध गराएको छ ।
विश्वमा फैलिएको कोविड १९ कोरोना भाईरसको संक्रमणबाट गर्भवती र सुत्केरी महिला एंव नवजात शिशुको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वास्थ सुरक्षामा विशेष सहयोग स्वरुप सामाजिक उत्तरदायित्व अन्तरगत उक्त स्वास्थ सामाग्री हस्तान्तरण गरिएको संजालकी अध्यक्ष एवं वरिष्ठ सामाजिक अभियन्ता डा. आरजु राणा देउवाले बताउनुभयो । उहाँले भन्नुभयो सुदूरपश्चिमका ९ वटै जिल्लाका ५३ वटा स्वास्थ्य संस्थाका प्रसुती गृहलाई सहयोग गरिने छ । स्वास्थ सामाग्रीले कोरोना भाईरस संक्रमणबाट वच्न र अन्य जोखिम न्युनिकरणमा प्रसुति गृहमा रहेका गर्भवती, सुत्केरी र नवजात शिशुलाई प्रत्यक्ष टेवा पुग्नेछ ।
डोटीका ५ ,डडेल्धुराका १३,बैतडीका ४ र बाजुराका ४ वटा गरी ४ जिल्लाका २६ वटा स्वास्थ्य संस्थाका प्रसुती गृहलाई स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गर्नु भएको हो । उक्त सामग्रीहरु पिपिई सेट ७६ सेट,सेनिटाईजर ११० लिटर,थरमलगन २६ वटा, पन्जा ६३ प्याकेट, पेपर मास्क ५२०० पिस एन ९५ मास्क २८८ पिस,साबुन ७२० पिस,सेनिटरी प्याड २४९६ वटा र फेससिल्ड ७६ वटा रहेका छन् ।
डडेल्धुराका ७ वटै स्थाीयतहका १२ वटा बर्थिङसेन्टरहरु, २ वटा सुरक्षा निकायहरु र जिल्ला स्वास्थ्य कार्यालयलाई रुडुक डडेल्धुराको समन्वयमा स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरीएको रुडुक डडेल्धुराकी कार्यकारी निदेर्शक सरस्वती खड्काले बताईन ।
जिल्लाको परशुराम नगरपालिका, आलिताल गाउँपालिका , भागेश्वर गाउँपालिकामा उक्त सामग्री हस्तान्तरण गरीएको रुडुक ट्रोसा कार्यक्र संयोजक अम्मर साउँदले गाउँघरन्यज लाई जानकारी दिएका छन । अन्य स्थानीयतहहरुमा पनि छिट्टै सामग्री हस्तान्तरण गरीने निर्देशक खड्काले बताउनु भएको छ । सामग्री बझ्दै स्थानीयतहका प्रमुखहरुले डा.आरजुराणा देउवाको सराहनीय कार्यको प्रसंसा संगै धन्यवाद दिनु भएको छ ।
