ललिता साउँद जेठ २५ आलिताल
बिश्वमा फैलिएको कोबिड १९ कोरोना भाईरसको संक्रमण र सन्त्रास न्यूनीकरणका लागि विश्वब्यापी लकडाउका अर्थात बन्दाबन्दीका कारण भारत तथा बाह्यिमुलुक वाट गाँउफर्की गाउँपालिकाले स्थापना गरेको बिभिन्न ३ वटा क्वारेन्टीनमा बसेका नागरिकहरु लाई युनीटीयुथक्लव आलितालले फलफुल बितरण गरेको छ । आलिताल गाँउपालिकाको वडा न. ४ का २ वटा र वडा न. ६ को १ क्वारेन्टीनका ७७ जना लाई फलफुल बितरण गरेको युनिटियुथक्लब आलितालका अध्यक्ष तुलाराम बोहराले जानकारी दिएका छन ।
अधिबक्ता समेत रहेका तुलाराम बोहराको नेतृत्वमा क्लबको आन्तरीक कोशवाट फलफुल वितरण गरीएको उनले गाँउघरन्यूज बताए । फलफुल वितरण सबै क्वारेन्टीनमा गरीने बोहराल बताएका छन ।
