पदम जोरा–भागेश्वर
डडेल्धुरा जिल्लाको भागेश्वर गाउँपालिकाले राजधानी(काठमाण्डां) मा रहेका आफ्ना गाउँवासी नागरिक लाई राहत खाद्य सामग्री वितरण गरेको छ । बिश्वमा फैलिएको कोरोना भाईरस कोविड १९ को रोकथाम तथा नियन्त्रणका लागि महिनौ देखीको देशब्यापी लकडाउन अर्थात बन्दाबन्दीका कारण बिभिन्न पेषा, व्यवसाय र अध्ययनका लागि काठमाण्डौं अस्थायी रुपमा बस्ने गाँउवासी नागरिकलाई चामल, दाल , ,नुन, तेल वितरण गरीएको भागेश्वर गाँउपालिका अध्यक्ष कौशीला कुमारी भट्टले वताईन ।
तथ्याङक संकलन गरी,टेलीफोन समपर्क गरी कोटेश्वर, र्कीतीपुर, सुन्धारा, आदि क्षेत्रमा पुगी सामाजिक र भौतीकदुरी कायमगर्दै राहत वितरण गरीएको नेपाल बिद्यार्थी संघ डडेल्धुराका सचिव हरिस महराले “गाउँघरन्यूज” लाई जानकारी दिए ।
भागेश्वर गाँउपालिकाले महरालाई राहत वितरणमा सहजीकरणको जिम्मा दिएको गाउँपालिकाले जनाएको छ ।
