ललिता साउँद जेठ –२४ , आलिताल
डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिका अध्यक्ष वल बहादुर गुरुङले विश्व महामारीको रुपमा फैलिएको कोविड १९ कोरोना भाईरस बिरुद्वको महासंग्राम लडाई संग लड्न सरोकारवाला सबैमा सहयोगका लागि अपिल जारी गर्नु भएको छ ।
विश्व नै आक्रान्त बनेको यस जोखीमपुर्ण घडीमा मानवीय धर्म निभाई सम्वेदनशिल हुन समेत सबैमा उनले अग्रह गरेका छन ।
विश्व र हाम्रो देश नेपाल पनि कोरोना भाईसरको जोखीममा रहेकाले । स्वास्थ्य सामग्री, आरडिटी किट , पिसिआर भिटीएमको अभाव कारण रोजगारीका लागि भारत तथा बाह्यिमुलुक वाट नेपाल भित्रीएकाको चेकजाँच प्रभावकारी हुन न सकेकाले क्वारेन्टीनमा बसेका दिदि बहिनी दाजुभाई , सुरक्षित हुनु हुन्छ, गासँ, वास र स्वास्थ्य सुरक्षाका लागि गाउँपालिका तत्पर छ ।
न आत्तीनुस , किट उपलब्ध गराई छिट्टै चेकजाँच गरी एककलवास अर्थात होम क्वारेन्टीनमा बस्ने सर्तमा घर पठाईने गुरुङले आग्रह गरेका छन ।
अध्यक्ष गुरुङ द्वारा हस्ताक्षरित अपिलमा सयम र अनुसाशित वनौ, सरसफाईमा ध्यान दिउं, क्वारेन्टीनमा बस्नु तपाईहरुका लागि रहर न भई बाध्यता हो । संक्रमित पनि तपाईहरुहुनु हुन्न तर संक्रमण फैलिन सक्ने भएकाले पुर्वसर्तकताका लागि क्वारेन्टीन उत्तम उपाय भएको विश्व स्वास्थ्य संगनको निर्देशन छ । त्यसैले राजनैतिक आग्रह ,पुर्वाग्रह नराखी, सयम र अनुशासित भई, विसुद्व स्वयमसेबी भावना बोकी गाउँवासी नागरिकको स्वस्थय रक्षार्थ सहयोग गर्न पहिलो घेरामा खटीएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी , संचारकर्मी, जनप्रतिनिधीहरुमा आग्रह समेत अपिल मार्फत गरीएको छ । विपदको समाना गर्ने सबैको दायित्व हो । विपद सामानाका लागि साकारात्मक सोच बोकी सहयोगको अपेक्षा गर्दछु अपिल मार्फत आग्रह गरीएको छ ।
यस कोरोना भाईरसको संक्रमण सनत्रास न्यूनीकरण र रोकथामका लागि गाउँपालिकामा कोरोना विपदकोष स्थापना छ । हालका दिन सम्म क्वारेन्टीन , व्यबस्थापन, राहत, अलपत्र नागकिरको उद्वार गरीएको छ । अझै कार्यपालिकाको निर्णय अनुसार गाउपालिका वासी नागरिकको स्वास्थ्य सुरक्षार्थ स्वास्थ्य कुनै कसर बाकी नराख्ने गुरुङले अपिल गरेका छन । कही कतै मानविय ऋटि हुन सक्छन , ति ऋटिहरुलाई सुझावका रुपमा लिएका छौ तर कपोलकल्पीत ,अतिरन्जीत मिडीयावाजी, सामाजिक संजालवा समाज विखण्डन पार्ने कार्यशैली आफ्ना लागि र गाउँपालिकालाई समेत स्वीकार्य नहुने समेत अध्यक्ष गुरुङले अपिल मार्फत उदघोष गरेका छन ।
र आरडिटी चेक गरी घर पुगेको दाजुभाई , दिदी बहिनीहरु घमा सुरक्षित , अनुसासन र सयम भएर बस्नुस यो जोखीम संगको लडाई हो । भोली यो लडाईमा जित्ने हौसला दिई वल पुगाउन सबैको साथ सहयोगका लागि गुरुङले अपिल गर्नु भएको छ ।
