पदम जोरा आलिताल,डडेल्धुरा
अलिताल गाउँपालिका ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना RVWRMP ले २१औं राष्ट्रिय सरसफाई सप्ताहको अवसर पारी आलिताल गाउँपालिका लाई प्रारम्भीक स्वास्थ्य सामग्री हस्तानतरण गरेको छ ।
गाउँपालिकाका सबै कार्यपालिकाका सदस्यहरु र स्थानीय सहयोगी संस्था एकिकृत विकास समाज (IDes)लाई दिवस को अवसरमा प्रारम्भीक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको अलिताल गाउँपालिका ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाका जलस्रोत अधिकृत हेमराज पनेरुले बताए ।
विश्वमा फैलिएको (कोभिड–१९) कोरोना भाईरस संक्रमण रोकथाम तथा नियनत्रणका लागि सहयोग स्वरुप क्वारेन्टीन स्थलमा खटिने कार्यपालिकाका सदस्यहरु , स्वास्थ्यकर्मी , सुरक्षाकर्मी र अन्य स्वयमसेवक कर्मचारीहरुलाई मास्क,सेनीटाईजर ६ वटा पानी ट्यांकी सेनीटाईजर, एन ९५ मास्क, ग्लोव्स सेनीटरीप्याड आदि प्रारम्भीक स्वास्थ्य सामग्री आलिताल गाउँपालिकाका अध्यक्ष बल बहादुर गुरुंङ लाई एकमुष्ट
एकिकृत विकास समाज आईडिईयस डडेलधुराका फिल्ड संयोजक सोनी भण्डारी मार्फत लाई हस्तान्तरण गरिएको पनेरुले बताएका छन ।
स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै परियोजनाका जलस्रोत अधिकृत हेमराज पनेरुले कोरोना भाईरसको रोकथामका लागि सरसफाइ मात्र नै उत्तम उपाय भएकाले सरसफाईमा सबैले बिशेस ध्यान दिन जरुरी रहेको बताएका छन ।
सामग्री बुझ्दै गाउँपालिका अध्यक्ष बल बहादुर गुरुङले सहयोगी संस्थाको उत्तरोत्तर प्रगतीको कामना सहित धन्यवाद दिनु भएको छ । र सरसफाईमा मात्र ध्यान दिने हो भने कोरोना भाइरस महा संग्रामको लडाई वाट सजिलै जित्न सकिने बताएका छन ।
