पदम जोरा–२५ जेठ जोगबुडा
विश्वमा फैलिएको कोविड–१९ कोरोना भाईरस संक्रमण सन्त्रास न्यूनीकरण र रोकथामका लागि परशुराम सरकारलाई सघाउन नेपाली काग्रेस परशुराम प्रतिबद्व रहने जनाइएको छ । देश बन्दा बन्दी अर्थात लकडाउनको समयमा आकस्मीक नगरकार्य समितीको बैठकले उक्त निर्णय गरेको छ । सुदुरपश्चिम प्रदेशका अन्य स्थानीयतहहरुको तुलनामा परशुराम नगरपालिकाले कोरोना रोकथामका लागि कुनै कसर बाकी नराखेकोमा मानबीय धर्म स्वरुप नेपाली काग्रेस पार्टी पनि जनता र स्थानीय सरकारको साथमा रहेको आभास दिलाउन आर्थिक ,भौतिक, नैतिक सहयोगमा जुट्ने निर्णय भएको नेपाली काग्रेस परशुरामका सचिव खडक बहादुर साउदले बताए । नेपाली काग्रेस परशुरामका कार्यवाहक सभापति शेर सिहं धामीको अध्यक्षतामा बसेको आकस्मीक बैठकले सबै तह तप्का क्रियाशिल सदस्य, भातृ संघ,संस्थालाई कोरोना भाईरसको जोखीमर्पुण परिस्थीतीको समानाका लागि आ–आप्नो क्षेत्रवाट तयार रही सहयोग गर्न निर्देशन दिई कोरोना कहरको पिरलोमा रहेका जनताको उच्च मनोवल राख्नका लागि पहल गर्ने काग्रेस परशुरामले अनुरोध गर्ने जनाइएको छ । आ–आफ्नो गच्छ अनुसार परशुराम नगरपालिकाका बिभिन्न बिद्यालमा स्थापीत क्वारेनटीनमा बसेका नगरवासी नागरिकलाई सहयोग गर्ने । परशुराम नगरपालिकालाई गच्छ अनुसार आर्थिक, भौतिक , नैतिक सहयोग गर्ने काग्रेस परशुरामका कोषाध्यक्ष जय बहादुर साउँदले बताए ।
यो समय राजनैतिक आग्रह पुर्वाग्रह गर्ने नभई जती सक्दो मानवीयधर्म निभाउने हो । सस्तो लोकप्रियता भन्दा सहयोगमा जुट्नु जरुरी रहेकाले काग्रेस केन्द्रीय सभापति शेर बहादुर देउवाले गृह जिल्लाको सात वटै स्थानीय तहहरुमा प्रति स्थानीय तह २० क्वीन्टल चामल, दाल,चिनी,चियापत्ति, तेल, र नुन हस्तान्तरण गरेकोमा काग्रेस परशुरामको पनि स्थानीय सरकारलाई सघाउनु दायित्व रहेको नेपाली काग्रेस परशुरामकी स–सचिव मञ्जु धामीले बताईन । एक महिना अगाडी काग्रेस परशुरामले नगरवासीलाई वडा÷वडामा काग्रेस महाधीवेसन प्रतिनीधी तथा परशुराम नगरपालिकाका नगर–प्रमुख भीमबहादुर साउँदले २० हजार थान मास्क वितरण गरेको ट्रेड युनीयन काग्रेस डडेल्धुराको समुन्वयमा प्रति स्थानीय १० क्वीन्टल चामल सहित अन्य खाद्य राहत समाग्री, काग्रेस डडेल्धुराले २४ सय थान मास्क र सेनीटाईजर समेत परशुराम नगरपालिकालाई हस्तान्तरण गरी सकेको नेपाली काग्रेसका प्रभावशाली नेता तथा पुर्व जिल्लाकार्य समिती उप–सभापति कैलाशकुमार पाण्डेयले बताउनु भएको छ । अझै जनताको स्वास्थ्य सुरक्षाका लागि सरकारले आरडिटी परिक्षण रोकी पिसिआर परिक्षणमा तिब्रता दिन अनुरोध गर्दै संघ र प्रदेश सरकार जनताको स्वास्थ्य र जनजिविकाको सवालमा उदाशिन न रहन नेता पाण्डेको जोड रहेको छ ।
