जनतालाई दैलोमाभत्ता दिदै वडा अध्यक्ष डम्वर चन्द

डडेल्धुराको परशुराम नगरपालिका वडा.न ३ का वडा अध्यक्ष डम्बर बहादुर चन्द वडावासीलाई सामाजिक सुरक्षा भत्ता पाउने लक्षित बर्गलाई दैलोमै पुगी भत्ता दिई रहेकाछन । देशब्यापी लकडाउन अर्थात बन्दाबन्दीका कारण सामाजिक सुरक्षाभत्ता पाउने लक्षित बर्गहरुलाई समस्या भएको क्षमा माग्दै अध्यक्ष चन्दले आफु जनताको दैलोमा पुगी भत्ता वाडिरहेको बताएका छन ।

हामी जनताका सेवक हौं । जनातको पिरमार्का बुझ्नु हाम्रो प्रमुख दायित्व हो उनले गाँउघरन्यूज लाई सुनाए । सस्तोलोकप्रियता हो कि ? भन्ने प्रश्नमा उनले भने कोरोना कहरले जनता आक्रान्त बनेका वेला जनतालाई ,रोग,। भोक ले पिरोलेको छ , दैनिक उपभोग्य सामग्री, औषधी खरीद गर्नु छ , लक डाउनका कारण वडा धाउन कठिनाई छ , आफै जनताको दैलोमा जाने हो । उनीहरुको आत्मवल बढाइ अभिवावकत्व निभाउनु यो जोखीमका वेला अति अपरिहार्य छ । चन्दले थपेका छन ।

bb

Leave A Reply

Your email address will not be published.