स्थानीय तहलाई आरडिटी किट बाँड्दै नेकपा डडेल्धुरा

डडेल्धुराः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) डडेल्धुराले आरडिटी किट वितरण गर्न थालेको छ। स्थानीय तहमा किट अभाव रहेका बेला नेकपाले शुक्रबारदेखि डडेल्धुराका सातवटै स्थानीय तहलाई किट वितरण गर्न सुरु गरेको हो। शुक्रबार पहिलो दिन नवदुर्गा गाउँपालिका र गन्यापधुरा गाउँपालिकालाई किट हस्तान्त्ररण गरेको छ।

नेकपा डडेल्धुराका अध्यक्ष मानसिंह माल ९क्रान्ति०ले नवदुर्गा गाउँपालिकाका अध्यक्ष कविन्द्र विष्टलाई एक सय थान आरडिटी किट हस्तान्त्रण गरेका छन्। यस्तै नेकपा सुदूरपश्चिम प्रदेश कमिटी सदस्य गजेन्द्र शाहीले गन्यापधुरा गाउँपालिकाका उपाध्यक्ष कमला ठगुन्नालाई ७२ थान किट हस्तान्त्रण गरिएको गरेका छन्।

टोलीमा प्रदेश कमिटी सदस्य गजेन्द्रबहादुर शाही, यज्ञराज अवस्थी, नेकपा जिल्ला सचिब बिरेन्द्र बस्नेत लगायतका आधा दर्जन नेकपा नेता नेताहरूको टोलीले किट हस्तान्त्रण गरेको हो।शनिबार अजयमेरु गाउँपालिका र भागेश्वर गाउँपालिकालाई आरडिटी किट हस्तान्त्रण गर्ने कार्यक्रम रहेको नेकपा डडेल्धुराले जनाएको छ।

यहाँका सात वटै पालिकाहरूलाई किट वितरण गरिने पनि नेकपाले जनाएको छ। नेकपा डडेल्धुराले आफैंले खरिद गरेर किट स्थानीय सरकारलाई उपलब्ध गराएको हो।

bb

Leave A Reply

Your email address will not be published.