पदम जोरा–जोगबुडा ,डडेल्धुरा : पुर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सभापती शेर वहादुर देउवाले गृह जिल्ला, डडेल्धुरामा ब्यक्तिगत सहयोगमा २० क्वीन्टल चामल राहत सहयोग गर्नु भएको छ ।
विश्वमा फैलिएको कोविड १९ कोरोना भाईरसको संक्रमण र सन्त्रास न्यूनीकरणका लागि देशब्यापी लकडाउन अर्थात बन्दा बन्दीको अवस्थामा दैनिक ज्यालामजदुरी गरी खाने, न्यूनआय भएका नागरिकको सहजताका लागि र जिल्लाको ठूलो भुगोल क्षेत्र र अत्याधिक जनसंख्या भएको परशुराम नगरपालिकालाई २० क्वीन्टल चामल सहयोग गरेको नेपाली काग्रेस महाधिबेसन प्रतिनिधी तथा परशुराम नगरपालिकाका नगर–प्रमुख भिम बहादुर साउँदले जानकारी दिएका छन ।
दिनका दिन कोरोनाको जोखीम बढि रहेको बेला गृह जिल्लाको अव्साथ प्रति चिन्ता ब्यक्त गर्दै २० क्वीन्टल सोनामन्सुली चामल, १ क्वीन्टल दाल , २३ किलो नुन, ५०लीटर खाने तेल , ५० किलो चिनी, ५ किलो चियापत्ति, ६ कट्टा चाना, राहत सहयोग गरेको उनले बताएका छन ।
उक्त सामग्री नेपाली कांग्रेस परशुरामद्वारा नगरपालिकालाई एकमुष्ठ हस्तान्तरण गरीएको नेपाली कागं्रेस परशुरामका सचिव खडक बहादुर साउँदले जानकारी दिए ।
पटक–पटक गृह जिल्ला प्रति चिन्तीत रहेका पुर्व प्रधानमन्त्री तथा काग्रेस सभापति देउवाले उक्त खाद्य, सामग्री भारत तथा बाह्यिमुलुक वाट नगर फर्की क्वारेन्टीनमा बसेका र दैनिक ज्यालामजदुरी गरी खानेहरुलाई वितरण गर्ने गरी सहयोग गरेको नेपाली काग्रेस पुर्व जिल्ला कार्य समिती उप–सभापति कैलाशकुमार पाण्डेयले बताए ।
उक्त सामग्री सुक्रवार परशुराम नगरपालिकामा नेपाली काग्रेस परशुरामले परशुराम नगरपालिकाका नगर–प्रमुख भिम बहादुर साउँदलाई हस्तान्तरण गरेको छ । खाद्य राहत बुझ्दै नगर–प्रमुख भिम बहादुर साउँदले पुर्वप्रधानमन्त्री तथा काग्रेस केन्द्रीय सभापति र नेपाली कांग्रेस परशुरामलाई धन्यावाद दिएका छन ।
