पदम जोरा , आलिताल–डडेल्धुरा : “दाडीग्याङ” आलिताल गाउँपालिकाको समन्वयमा र एकिकृत विकास समाज आईडिईयस डडेल्धुराको आर्थिक सहयोगमा आलिताल गाँपालिकाको बिभिन्न क्वारेन्टीनमा बसेकाहरुलाई खाजा स्वरुप चाउचाउ, भुजा, चिउरा र स्वास्थ्य सरफाई वितरण भई रहेको आलिताल गाउँपालिका वडा.न ४ का अध्यक्ष चन्द्र देब बोहराले बताउनु भएको छ ।
उक्त सहयोगमा संस्थाद्वारा संचालित एमरेड परियोजना कार्यक्रम संयोजक गणेश थापा मगरले समेत ब्यक्तिगत सहयोग गरेको बोहराले बताउनु भएको छ । “दाडीग्याङ” पनि उक्त अभियानमा जुटेको उनले बताएका छन । कालीका प्राथमिक बिद्यालय र कृष्णकालिका माद्यमिक बिद्यालय घरेलुमा उक्त सामग्री वितरण गरी सकीएको अध्यक्ष बोहराले बताउनु भएको छ ।
यसै गरी आईडियसले जिल्लाका ७ वटै स्थानीय तहमा पनि स्वास्थ्य प्रारम्भीक र सरसफाई संगै राहत सामग्री वितरण गरी सकेको कार्यक्रम संयोजक गणेश थापा मगरले बताउनु भएको छ ।
अझै कोरोन कहर सुदुरपश्चिममा दिनका दिन बढि रहेकाले संस्थाले कहा ? कसरी के ? सहयोग गर्न सक्छ प्रकृयामा रहेको संस्थाका कार्यकारी निर्देशक पदमा गुरुङले “गाउँघरन्यूज” लाई जानकारी दिईन । संस्थाले रेडियो परशुराम एफ.एम.मा कार्यरत कर्मचारीहरुको सहजताका लागि १ हप्ता अगाडी स्वास्थ्य सुरक्षाका सामग्री वितरण गरेको थियो ।
