स्वास्थ्यकर्मी रमेश कुवर माथि सांघातिक आक्रमण प्रति प्रदेश कमिटीको घोर भत्सर्ना : अध्यक्ष प्रेम महर प्रेश विज्ञप्ती सहित

पदम जोरा
डडेल्धुरा

सदुरपश्चिम प्रदेशको डोटी जिल्ला शिखर नगरपालिका–९दानकोट स्वास्थ्य चौकी डोटीमा कार्यरत अ.हे.व रमेश कुवर माथि जेठ १८ गते भएको सांघातिक आक्रमण गरी घाईते वनाईएको घटना सारै निन्दनीय भएको स्वस्थ्यकर्मी संघ सदुरपश्चिम प्रदेशका अध्यक्ष प्रेम बहादुर महले बताउनु भएको छ । गाउँघरन्यूज मा कुरा गर्दै महरले शिखर नगरपालिका वडा न. ७ मा पर्ने वोगटा गाउँ नजिक स्वास्थ्यकर्मीले वाटोमा हिड्दा कोरोना फैलिन्छ, किन यो वाटो हिडेको, तिमीहरुलाई यो वाटो हिड्न बन्देज छ, भन्दै मदिराले मात्तीएको समुहल वाटोमा एक्कासी गाली गलौच संगै ढुङगा प्रहार गरि घाईते वनाइएको घटना प्रति आपत्ति जनाउदै संघले प्रेस विज्ञप्ती मार्फत सरकारलाई खवरदारी गरेको छ । विज्ञप्तीमा लेखीएको छ , विश्व जगत कोरोना भाईरस कोविड १९ को जोखीममा रहेको वेला आफ्नो ज्यान जोखीममा राखी स्वास्थ्यकर्मीहरु कोराना भाईरसको नियन्त्रण तथा रोकथामका लागि पहिलो घेरामा खटीई जनताको स्वास्थ्य सुरक्षाका तल्लीन रहेको अवस्थामा यसरी तर्साउनु, धम्काउनु, डर, भय र त्रास सृजना गर्नु अपराधिक कार्यशैली भएको विज्ञप्तीमा उल्लेख गरीएको छ । कोरोना कहरको यस विसम परिस्थीतीमा सरकार र नागरिकहरुले स्वाथ्यकर्मीहरुको मनोवल उच्च राख्नुको साटो सरकार पक्षवाट धम्क्याउने, जागिरवाट हटाउने, निलम्वन गर्ने खालका क्रियाकलापहरु गर्नु र सर्वसाधारण नागरिकहरुवाट पनि अपमानजनक कार्यशैली हुनु घरबेटीले घरवाट निकाल्नु सामाजिक रुपमा तिरस्कार गने जस्त कार्य बन्द गर्न सरकारलाई आग्रह गदछौं बिज्ञप्तीमा प्रष्ट उल्लेख छ ।


घटनामा शक्त घाईते भएका कुवरको डडेल्धुरा र धनगढी उपचार हुन नसकी काठमाण्डौको ट्रमा सेन्टरमा उपचार भईहरेको छ । सांघातिक आक्रमणवाट घाईते भएका स्वास्थ्यकर्मी कुवरको सिघ्र स्वास्थ्य लाभको कामना समेत प्रदेश संघले कमीटीले गरेको छ ।  घटनामा संलग्न जो कोही दोसीमाथि कडा भन्दा कडा कारवाहीको माग समेत संघले गरेको छ । स्वास्थ्य सेवामा खटिरहेका बेला आक्रमण गरिएका स्वास्थ्यकर्मीको सरकार पक्षवाट उपचारको समेत सघंले माग गरेको छ ।
जनताको सेवामा खटिरहेका स्वास्थकर्मी माथि घटेको अपराधिक मानसिकताको घटनाले हामीलाई स्तव्ध बनाएको छ । यस्तो अमानवीय घटना प्रति घोर भत्सर्ना गर्दछौ । यस्तो प्रकारको घटना एक ब्यक्तिलाई मात्र नभई समग्र स्वास्थ्यकर्मी तथा स्वास्थ्य सेवा माथिको हमला भएको संघका अध्यक्ष पे्रम बहादुर महरले गाउँघरन्यूज लाई बताए ।
यदि अपराधिलाई उन्मुक्ती दिने र पिडितलाई न्याय नहुने खालका गतिविधीहरु भए / गरिए सम्र्पुण स्वास्थ्यकर्मीहरु कडा आन्दोलनमा उत्रिने समेत जानकारी महरले विज्ञप्ती मार्फत उद्घोष गरेका छन ।

bb

Leave A Reply

Your email address will not be published.