क्वारेन्टीनमा  बसेकी एक महिलाको मृत्यु : ब्रेकीङ न्यूज

ललीता साउँद ,डडेल्धुरा

डडेल्धुरामा  क्वारेन्टीनमा  बसेकी एक महिलाको मृत्यु भएको छ । जिल्लाको  गन्यापधुरा गाउँपालिका २ की ३० बर्षिय महिलाको मृत्यु भएको  प्रहरीले जनाएको छ । मृतक महिला ४ दिन अघि मात्रै भारतबाट आएकी बुझिएको छ ।

उनको श्रीमान छोरा सहित गन्यापधुरा गाउँपालिकाले निमार्ण गरेको वडा नम्बर १  को असिग्राम आधारभुत बिद्यालय रौनाकोटको क्वारेन्टीनमा बसेकी बताइएको छ ।  गए राति ११ बजे बिरामी भएकी महिलालाई अस्पताल लैजान १ बजे एम्बुलेस पुगे पनि कोरोनाका कारण मुत्यु भएको भन्दै कसैले नछोएको बताइएको छ ,  एम्बुलेस चालकले पनि स्वास्थ्य सुरक्षाका समाग्री नबोकेकाले हात नलगाएको बताएका छ ,  सौचालय गएकी महिला एक्काशी बेहोस भएपछि मृत्यु भएको प्रहरी सहायक निरिक्षण धनबहादुर बिष्टले जानकारि दिएका छन् ।

bb

Leave A Reply

Your email address will not be published.