वडा वाटै सामाजिक सुरक्षा भत्ता वितरण : अध्यक्ष खगेन्द्र सिंह

पदम जोरा ,जेठ –१५

 
डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका वडा.न ६ ले वडा वाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने वडा अध्यक्ष खगेद्र बहादुर सिंहले बताए ।
विश्वमा फैलिएको कोविड १९ कोरोना भाईरसको संक्रमण , सन्त्रास न्यनीकरणका लागि सरकारले गरेको देशब्यापी लकडाउन अर्थात बन्दाबन्दीका कारण लक्षित बर्गले सामाजिक सुरक्षाभत्ता पाउन नसकेको समस्यालाई मध्यनजर गरी दैनिक उपभोग्य सामग्री खरिद गर्न अप्ठेरो भएकोमा वडा पालिकाको निर्णय अनुसार लक्षित बर्गलाई वडा वाटै भत्ता वितरण गरीने वडा सचिव हिक्मत बहादुर धामीले बताए ।


एकातिर लकडाउन, जोगबुडा सदरमुकाममा रहेका बैंक सम्म पुग्न जेष्ठनागरीक, अशक्त, अपाङगता भएका र एकल महिला तथा वालबालीकालाई अप्ठेरो हुने र अर्कोतिर नगरपलिका र वडा नै लकडाउन रहेकाले जेठ १६ गते देखी लक्षित बर्गलाई चेक वितरण गरी तथ्याङक संकलन गरी वडा कार्यालय वाटै लक्षिर्त सामाजिक सुरक्षा भत्ता वितरण गर्ने आप्नो वडा नगरपालिकाको पहिलो वडा भएको वडा अध्यक्ष सिंहले दाबी गर्नु भएको छ । कोरोना कहरले जनतामा पिरलो छाएका बेला, थोरै भएपनि मलम थप्न सामाजिक र भौतिकदुरी कायम गरी , लकडाउनको पुणर््ापालना संगै वडा कार्यालय वाट र अझै प्रभावकारी ढंगवाट जनताको घर लैलोमै पुगी लक्षित बर्गलाई सामाजिक सुरक्षा भत्ता लिईने वडा महिला सदस्य, सरस्वती भट्ट र दलित महिला सदस्य मिना सुनारले वताईन आफुहरु जनताको सेवामा रहेको अध्यक्ष खगेन्द्र सिंहले बताए ।

bb

Leave A Reply

Your email address will not be published.