लक्ष्मण पार्की जोगबुडा, जेठ १५
विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसको जोखीम न्यूनीकरणमा अनवरत रुपमा खटीएको भित्रीमधेष क्षेत्रको एकमात्र शसक्त सञ्चार माध्यम रेडियो परशुराम एफ.एम. ९१.२ मेघाहर्ज जोगबुडालाई एकिकृत बिकास समाज Ides डडेल्धुरा र परशुराम नगरपालिकाले सेनीटाईजर, मास्क, ग्लोभ्स आदि प्रारम्भीक स्वास्थ्य सामग्री उपलबध गरेको परशुराम एफ.एम.९१.२ मेघाहर्ज जोगबुडाका स्टेसन म्यानेजर तथा पत्रकार पदम जोराले जानकारी दिनु भयो । नगरपालिका संगै बिगत लामो समय देखी सामाजिक उत्तरदायित्व निभाउदै आएको एकिकृत बिकास समाज Ides डडेल्धुरा वाट समेत स्वास्थ्य सामग्री उपलब्ध भएको उनले बताए ।
कोरोनाको रिर्पोटिङमा आफ्नो ज्यान जोखीममा राखी अनवरत रुपमा खटी रहनु भएका पत्रकार तथा परशुराम एफ.एम.का स्टेसन म्यानेजर पदम जोरा सहित रेडियोमा कार्यरत संचारकर्मीहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी स्वास्थ्य सामग्री प्रदान गरीएको परशुराम नगरपालिकाका नगर–प्रमुख भिम बहादुर साँउदले बताए ।
संचारको पहुच न पुगेको जिल्लाको अत्यधिक जनसंख्या भएको भित्रीमधेष क्षेत्रका दुरदराजका बस्ती सम्म स्टेसन म्यानेजर पदम जोराको सकृयतामा रेडियोमा कार्यरत संचारकर्मीहरुको खटाईको नगर–प्रमुख साँउदले प्रसंशा गर्दै धन्यवाद दिनु भएको छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी आफ्नो ज्यान जोखीममा राखी जनतालाई सत्य तथ्य सूचनामा खटिएकोमा अझै जोखीम बढि रहेकाले स्वास्थ्यको ख्याल गरी श्रोता र जनालाई सु–सुचित गर्न नगर–प्रमुख साउँदले आग्रह गर्नु भएको छ । जनताको आत्मवल बढाउन ,स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनीधी र परशुराम नगरपालिकालाई परशुराम एफ.एम. संगै सम्र्पुुण संचारमाध्यम संचारकर्मीहरुले सघाई रहेकोमा सबैका प्रति आफु कृतज्ञ रहेको बताए ।
